ब्यानर न्यूज

कोरोनाको उपचार गराइरहेका व्यक्तिको श्रीमतीमा पनि संक्रमण, संख्या ४३ पुग्यो

उदयपुरको भुल्केमा थप एक जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ५५ वर्षीया महिलामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. मोहन सुवेदीले जानकारी दिए। उनले संक्रमित महिलालाई विराटनगरको कोरोना अस्पताल पठाउने तयारी भइरहेको बताए। यसअघि उनका श्रीमानलाई पनि संक्रमण देखिएको थियो। श्रीमान पनि विराटनगरकै कोरोना अस्पतालमा उपचाररत छन्। योसँगै उदयपुरमा […]

पूरा पढ्नुहोस्

कोरोना संक्रमित नेपालीलाई अमेरिकामा अस्पतालले भर्ना नलिएपछि कोठामै मृत्यु

काठमाडौं । अमेरिकामा अस्पतालले भर्ना लिन नमानेपछि १ नेपालीको कोठामै मृत्यु भएको छ । अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ४४ वर्षीय पवनकुमार मल्लको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । विगत ३ हप्तादेखि बिरामी रहेका मल्लको न्यूयोर्क उडसाइडस्थित आफ्नै निवासमा बुधबार बिहान मृत्यु भएको हो। कोरोना भाइरसका कारण बिरामी परेका प्रकाश भनेर चिनिने पवनकुमार उपचारका लागि […]

पूरा पढ्नुहोस्

झापामा टेष्ट किटबाट २ पटकसम्म परिक्षण गर्दा एक युवामा पोजेटिभ भेटियो

झापामा पनि एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएको छ । र्‍यापिड डाइग्नोस्टिक टेस्ट किटले परीक्षण गर्दा झापा हल्दिबारी गाउँपालिका २ निवासी अन्दाजी ३० वर्षीय एक युवकमा कोरोना भाइरस पोजेटिभ देखिएको हो । स्वास्थ्य शाखा हल्दिबारीको टोलीले होम क्वारेन्टाइनमा बसेका ती युवककोबुधबार आरडिटी किटले स्वास्थ्य परीक्षण गरेका थिए । स्वास्थ्यकर्मीको टोलीले आरडिटी किटले दुई पटकसम्म परीक्षण गर्दासमेत […]

पूरा पढ्नुहोस्

मन्त्री खतिवडाका कारण सिंगो मन्त्रिपरिषद् कोरोना संक्रमणको जोखिममा, स्वास्थ्यकर्मी चिन्तित

काठमाडौँ – काठमाडौँको सनसिटी अपार्टमेन्टमा बस्दै आएका आमा र छोरामा कोभिड १९ को संक्रमण पुष्टि भएसँगै उक्त संक्रमणको लहरो मन्त्रीदेखि प्रधानमन्त्रीसम्म पनि तानिएको छ । कोरोना भाइरसको संक्रमित फेला परेका उक्त अपार्टमेन्टमा अर्थमन्त्री डा. युवराज खतिवडा पनि सहभागी भएको खुलासा भएसँगै सिंगो मन्त्रिपरिषद् नै जोखिममा रहेको आशंका व्यक्त गरिएको हो । सनसिटी अपार्टमेन्टमा अर्थमन्त्री डा. […]

पूरा पढ्नुहोस्

अध्ययनको निष्कर्ष : “कोरोनाबाट बच्न सन् २०२२ सम्म सामाजिक दुरी कायम राख्नु पर्छ”

एजेन्सी – कोरोना भाइरसको संक्रमणको खतराबाट बच्नका लागि आगामी सन् २०२२ सम्म नै सामाजिक दुरी कायम गर्नु पर्ने निष्कर्ष एक अध्ययनले निकालेको छ । अमेरिकाको क्याम्ब्रिजमा रहेको हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरेको एक अध्ययनले कोरोना भाइरसको संक्रमणको खतरा कम्तीमा पनि २०२२ सम्म रहिरहने देखाएको हो । विश्वविद्यलायका स्टेफन किसलरले नेतृत्व गरेको टोलीले कोरोना भाइरसको चरित्र, सर्ने […]

पूरा पढ्नुहोस्

भोलीदेखि लकडाउनमा थप कडाइ गर्ने उच्चस्तरीय समितिको निर्णय

काठमाडौं । सरकारले लकडाउनलाई कडाइ गर्दै कोरोना भाइरस (कोभिड–१९) को परीक्षण, पहिचान र उपचार तीव्र बनाउने भएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले लकडाउनको अवस्थामा अनावश्यक रूपमा हुने आवागमनलाई कडाइ गर्ने भएको हो । समितिको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय एवं कोभिड १९ […]

पूरा पढ्नुहोस्

चितवनमा चार जनाको रिपोर्ट श‌ंकास्पद भएपछि पीसीआर परीक्षण हुँदै

चितवनमा र्‍यापिड टेस्ट बिधिबाट कोरोना परीक्षण गर्दा चार जनाको रिपोर्ट शंकास्पद आएपछि पीसीआर बिधिबाट परीक्षण गर्न भरतपुर अस्पताल पठाइएको छ। बुधबार रत्ननगरपालिकाको टाँडीस्थित गुञ्जमान अस्पतालमा गरिएको र्‍यापिड डायग्नस्टिक टेस्ट (आरडीटी) गर्दा एक जनाको पोजिटिभ आएको थियो। ‘रत्ननगरका ४७ वर्षीय एक युवाको आरडीटी परीक्षण गर्दा पोजिटिभ देखियो,’ चितवन जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा‍. दीपक तिवारीले नेपालखबरलाइ […]

पूरा पढ्नुहोस्

आमा बितेको खबरपछि दार्चुलापारि क्वारेन्टाइनमै किरिया बसे छोरा

लकडाउनपछि दार्जुला पारिको भारतीय सीमामा रोकिएका एक पुरुष आमा बितेको खबरपछि क्वारेन्टाइनमै किरिया बसेका छन। दार्चुलाको शैल्यशिखर नगरपालिका -१ का ३५ वर्षीय वासुदेव भट्ट आमा बितेको खरपछि क्वारेन्टाइमै किरिया बसेका हुन। दार्जुला स्थित घरबाट फोन गएपछि सीमापारि बलुवाकोटमा रहेको क्वारेन्टाईनमै बासुदेव किरियामा छन्। बासुदेवकी आमाको मंगलवार निधन भएको हो। आफ्नी आमाको अन्तिम संस्कारमा सरिक हुन […]

पूरा पढ्नुहोस्

सुनसरीको कुव्रा मस्जिदमा १० जना बंगलादेशी भेटिए

सुनसरीको एक मस्जिदमा १० जना बंगाली रहेको खुलेको छ । भोक्राहा नरसिंह गाउँपालिका-५ टपरामा रहेको खतिजन कुव्रा मस्जिदमा १० जना बंगाली भेटिएका हुन् । मुस्लिम संघ प्रदेश १ का अध्यक्ष हाजी इसराइल मन्सुरीले दिएको जानकारी अनुसार उक्त मस्जिदमा आश्रय लिएर १० जना बसोबास गर्दै आएका थिए । मस्जिदमा बस्दै आएको जानकारी पाएपछि स्वास्थ्यकर्मीहरुको टोलीसहितले बुधबार […]

पूरा पढ्नुहोस्

कुवेतमा थप नेपालीमा कोरोना सङ्क्रमण, सङ्क्रमित नेपालीको सङ्ख्या १४ पुग्यो

काठमाण्डौ – कुवेतमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या १४ पुगेको छ । कुवेतको स्वास्थ्य मन्त्रालयले बुधबारसम्ममा सङ्क्रमित नेपालीको संख्या १४ पुगेको जानकारी दिएको कुवेतमा रहेको नेपाली दूतावासका द्वितीय सचिव कृष्ण सिलवालले जानकारी दिनुभयो । सङ्क्रमित सबैको स्वास्थ्य अवस्था स्थिर रहेको र कुवेतले आफ्ना नागरिकसरह नै उपचार गरिरहेको पनि सिलवालले बताउनुभयो । सङ्क्रमित नेपालीको स्वास्थ्य अवस्थाबारे कुवेतको […]

पूरा पढ्नुहोस्

र्‍यापिड किटमा पोजेटिभ आएको गोरखाका युवकमा देखिएन कोरोना संक्रमण

काठमाडौं – र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) को रिपोर्ट पोजेटिभ देखिएका गोरखा आरुघाटका ३१ वर्षीय युवकमा कोरोना पुष्टि भएन । आरुघाट–५ का ती युवकको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोरोना प्रयोगशालामा नमुना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको हो । मंगलबार -यापिड टेस्टका क्रममा उनमा एन्टीबडी पोजेटिभ देखिएको थियो । ती युवक गत २२ चैत्रमा बहराइनबाट नेपाल […]

पूरा पढ्नुहोस्

चट्याङले विद्युत प्राधिकरणको सिस्टम कोल्याप्स, देशैभर बत्ती गयो

?काठमाडौं- मंगलबार साँझको चट्याङले नेपाल विद्युत प्राधिरकणको विद्युत वितरण प्रणाली पूर्णरुपमा अवरुद्ध भएको छ। प्राधिकरणका अनुसार चट्याङले प्रणली अवरुद्ध हुँदा देशैभर बत्ती गएको छ।  प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले चट्याङका कारण सम्पूर्ण प्रणाली अवरुद्ध भएको र २० मिनेटदेखि आधाघण्टामा सुचारु हुने जानकारी दिए। ‘देशभरको प्रणाली अवरुद्ध भएकाले एउटा/एउटा भाग सञ्चालनमा ल्याउनुपर्ने हुन्छ,’ उनले भने। प्राधिकरणले प्रणाली अवरुद्ध […]

पूरा पढ्नुहोस्