शिक्षा

एसईई परीक्षाका लागि तयार भएर बसेका बिद्यार्थीको लागि आयो खुसीको खबर !

काठमाडौँ। कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएपछि घरमै बसेर परीक्षा तयारीमा जुटेका विद्यार्थीले अब आफूले नजानेको प्रश्न घरबाटै सम्बद्ध विषय शिक्षकलाई सोध्न पाउनेभएका छन् । विद्यार्थीको परीक्षाको तयारीमा सुविधा पुग्नुका साथै अभिभावकलाई समेत केही राहत महसुस होस् भनेर शिक्षकको छाता संस्था नेपाल शिक्षक महासङ्घको पहलमा विद्यार्थीका प्रश्नको जिज्ञासा घरमै समाधान […]

पूरा पढ्नुहोस्

एसईईको परीक्षा दिन सेन्टर नजिकै डेरा गरेर बसेका विद्यार्थी मारमा

सरकारले अचानक एसईई परीक्षा स्थगित गरेपछि विद्यार्थीहरु मारमा परेका छन्। खासगरि टाढा-टाढाबाट सदरमुकाम तथा केन्द्र नजिकै डेरा गरि बसेका विद्यार्थीहरु सरकारको पछिल्लो निर्णयबाट दुःखी बनेका हुन्। सरकारले एसईई परीक्षा तोकिएको अघिल्लो राति अर्थात बुधबार साँझ परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। यसअघि सरकारले परीक्षा भएरै छाड्ने बताउँदै आएको थियो । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जास्थित जनकल्याण माविका परीक्षार्थीले आफ्नो […]

पूरा पढ्नुहोस्

शिक्षा मन्त्रालयले विज्ञप्ती जारी गर्दै भन्यो ‘३ हप्ता विद्यार्थीलाई स्कुल नबोलाउनू, भर्ना पनि नगर्नू’

ताजा समाचार । ४ चैत काठमाडौं : सरकारले ३ हप्ता विद्यार्थीलाई स्कुलमा नबोलाउन अपिल गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरसका कारण ३ हप्ता विद्यार्थीलाई विद्यालयमा नबोलाउन अपिल गरेका हुन् । ‘अब ३ हप्ता विद्यार्थीलाई विद्यालयमा भर्ना र प्रवेश परीक्षा भनेर नबोलाउन विद्यालयहरूलाई भनेका हौँ’, मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने, ‘परीक्षा […]

पूरा पढ्नुहोस्

एसइई परिक्षा नसर्ने, ढुक्क भएर परीक्षामा सहभागी हुन आग्रह

ताजा समाचार । ३ चैत काठमाडौं : सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले कोभिड– १९ को सन्त्रासले माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) नसर्ने भएकाले ढुक्क भएर परीक्षामा सामेल हुन विद्यार्थीमा आह्वान गरेको छ । सरकारले परीक्षा पूर्ववत् सञ्चालन हुने जनाएपछि महासङ्घका अध्यक्ष कृष्ण थापाले आज विज्ञप्ति जारी गरी परीक्षा नहुने भन्ने अन्योलमा नरही परीक्षा […]

पूरा पढ्नुहोस्

एसइई परीक्षा सर्न सक्ने

ताजा समाचार । २ चैत, काठमाडौं :  यस वर्षको कक्षा १० को एसइई परीक्षा सर्न सक्ने भएको छ। चैत ६ गतेबाट सुरु हुने भनिएको परीक्षा कोरोनाभाइरस संक्रमण जोखिमका सर्न सक्ने भएको हो। आइबार राष्ट्रिय सभामा बोल्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोनाभाइरस संक्रमणको जोखिमका कारण परीक्षा सर्न सक्ने बताएका हुन्। ‘दुईतीन दिन महामारीको अवस्था हेरेर नयाँ तालिका […]

पूरा पढ्नुहोस्

कक्षाभित्र वार्षिक परीक्षा, विद्यालयकाे चाैरमा अध्यक्षकाे छाेराकाे बिहे भाेज

महोत्तरी – औरही नगरपालिका ८ मा रहेको सोनामाई आधाभूत विद्यालयमा परीक्षा चलिरहेकै समयमा चाैरमा बिहे भाेजकाे आ’याेजना गरिएकाे भन्दै स्थानीयले आपत्ति जनाएका छन् । वार्षिक परीक्षा सञ्चालन भैरहेकाे समयमा विद्यार्थीलाई अ’सर पर्नेगरी चाैरमा व्यवस्थापन समितिका अध्यक्ष गंगाराम यादवका छाेराकाे बिहे भाेजकाे आ’याेजना गरिएकाे थियाे । वार्षिक परीक्षा सञ्चालन भैरहेको समयमा विद्यालयमा भो’जभतेर गरेकोप्रति आ’पति जनाउँदै […]

पूरा पढ्नुहोस्

कक्षा १ कै विद्यार्थीबाट मासिक ४० हजार असुल्ने आरजुको युलेन्स स्कुल

काठमाडौं- राजधानीमा सबैभन्दा महँगो शुल्क लिने विद्यालयको पंक्तिमा युलेन्सको नाम अगाडि आउँछ । तर, आश्चर्य यो विद्यालय ट्रस्टको रूपमा दर्ता भएर गैरनाफामूलक संस्थाको रूपमा सञ्चालित छ । पूर्वसांसद आरजु देउवा व्यवस्थापन समिति अध्यक्ष रहेको सो विद्यालयले कक्षा १ कै विद्यार्थीबाट मासिक ४० हजार शुल्क उठाउने गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा भवानीश्वर गौतम र बिजय कार्कीले लेखेका […]

पूरा पढ्नुहोस्

धनगढी उपमहानगरपालिकाले आइतबारबाट सम्पूर्ण विद्यालय अनिश्चित समयका लागि बन्द गर्ने

ताजा समाचार । २३ फाल्गुन काठमाडौं : धनगढी उपमहानगरपालिकाले फागुन २५ गते आइतबारबाट सम्पूर्ण शिक्षण संस्था अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ । धनगढी उपमनपाले आज विज्ञप्ति जारी गरी शिक्षण संस्था बन्द गर्ने जानकारी दिएको छ । सो उपमनपाका शिक्षा शाखाका अधिकृत अकबर चन्दले परीक्षा लगायतका कार्य तत्काल सञ्चालन नहुने जानकारी दिए । कक्षा […]

पूरा पढ्नुहोस्

फिर्ता भयो भोलीको शैक्षिक हड्ताल

ताजा समाचार । २२ फाल्गुन काठमाडौं : नेकपा (क्रान्तिकारी माओवादी)निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले भोली अर्थात फाल्गुन २३ गते गर्ने भएको एक दिन शैक्षिक हड्ताल फिर्ता लिएको छ । अध्यक्ष हरिकृष्ण गजुरेल र उपाध्यक्ष शिलु न्यौपानेलाई विद्यार्थी जागरण तथा संगठन विस्तार अभियानको सिलसिलामा २०७६ फागुन २० गते युरो किड्स, बूढानीलकण्ठबाट गिरफ्तार गरी महानगरीय प्रहरी वृत्त, […]

पूरा पढ्नुहोस्

भोलि फागुन २३ गते शैक्षिक हड्तालको घोषणा !

अपडेट ७ बजेर ३३ मिनेट : फिर्ता भयो भोलीको शैक्षिक हड्ताल काठमाडौंः नेकपा (क्रान्तिकारी माओवादी)निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले एक दिने शैक्षिक हड्तालको घोषणा गरेको छ । अखिल क्रान्तिकारीले एक विज्ञप्ति जारी गर्दै फागुन २३ गते अर्थात शुक्रबार एक दिन देशभर शैक्षिक हड्तालको घोषणा गरेको हो । बिद्यार्थी जागरण तथा संगठन बिस्तार अभियानको क्रममा संगठनका […]

पूरा पढ्नुहोस्

अब कक्षा ८ सम्मका किताब रंगीन, बोर्डिङले पनि सामाजिक विषय नेपालीमै पढाउनु पर्ने

सरकारले कक्षा १ देखि ८ सम्मका किताब रंगीन छाप्न सुरू गरेको छ। कक्षा १ देखि ५ सम्मका सबै किताब रंगीन छापिएको छ भने कक्षा ६, ७ र ८ मा सात वटा विषयका किताब रंगीन बनाइएको छ। ‘कक्षा पाँचसम्म यसअघि नै रंगीन किताब थिए। कक्षा ६ र ७ मा पनि नयाँ शैक्षिक सत्रदेखि विद्यार्थीले रंगीन किताब […]

पूरा पढ्नुहोस्

ललितपुरमा ९ वर्षका साना नानीहरुमाथि शिक्षकले कुदृष्टि राखेपछि बालिकाहरुले प्रिन्सिपललाई लेखे यस्तो चिठ्ठी

ललिपुरको एक विद्यालयका गुरुले गुरुको भूमिका ननिभाएको छात्राहरुको आरोप सार्वजनिक भएको छ । ललितपुरस्थित श्री नारायण आधारभूत स्कुलका बिद्यार्थीहरुले आफूमाथि यौ’न दु’र्व्य’वहार भएको भन्दै शिक्षकविरुद्ध मु’द्दा दायर गरेका छन् । छात्राहरुले ‘प्रिन्सिपल’ लाई निवेदन लेख्दै आफूमाथि गुरुले गरेको हिं’साको छानविनको माग गरेका छन् । ३ देखि ५ कक्षा सम्म अध्ययन गर्ने छात्राहरुले सामूहिक रुपमा लेखेको […]

पूरा पढ्नुहोस्