कला-मनोरञ्जन

सोनाक्षी सिन्हाले कोरोना रोकथामका लागि आर्थिक सहयोग नगरेको भन्दै ट्रोल हुँदा दिइन् कडा जवाफ

भारतमा कोरोनाभाइरसको बढ्दो खतराबीच थुप्रै सेलिब्रिटीले प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा बनाइएको कोरोना रोकथाम कोषमा आफ्नो योगदान दिएका छन् । विक्की कौशल, ऋतिक रोशन, अक्षय कुमार, रजनीकान्त, प्रभास, लता मंगेशकर, प्रियंका चोपडासहित थुप्रै सेलिब्रिटीले आर्थिक सहयोग गरे तर अमिताभ बच्चन, शाहरुख खानसमेत केही सेलिब्रिटी छन् जो यो कोषमा सहयोग गर्न अघि सरेका छैनन् । यो सूचीमा सोनाक्षी […]

पूरा पढ्नुहोस्

मानिस अहंकारी भइरहेको थियो, कोरोनाले औकातमा ल्याइदियो- अनुपम खेर

भारतीय चर्चित अभिनेता अनुपम खेरले कोभिड-१९ ले मानिसको अहंकारलाई औकातमा ल्‍याइदिएको र बल्ल मानिसहरु जीवनको मूल्‍य बुझ्न थालेको बताएका छन् । खेरले सामाजिक सञ्जालमा ट्विटमा भिडियो पोस्ट गर्दै भनेका छन्, ‘कस्तो हुनुहुन्छ तपाई ? तपाइले सोच्नु भएको छ की जीनवमा कुनै चीजको मूल्‍य नै छैन । कुनै उपलब्धि होस वा कुनै अचिभमेन्ट।मसँग यति धेरै सर्ट […]

पूरा पढ्नुहोस्

चलचित्र ‘हिरो’ बाट नेपाली रजतपटमा प्रवेश गरेकी नायिका रेखा थापाको आज जन्मदिन,कति बर्षकी भईन रेखा ?

नायिका रेखा थापाको आज जन्मदिन । १९८२ अगस्ट २१ तारिखका दिन उनको जन्म मोरङको सलकपुरमा भएको थियो । यस आधारमा आज उनी आफ्नो ३७औं जन्मदिन मनाउँदैछिन् । रेखा थापा नेपाली चलचित्र क्षेत्रकी एक चर्चित अभिनेत्री र तथा निर्मात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दसमा पर्न सफल भएकी थिइन् । २००१ […]

पूरा पढ्नुहोस्

मिस नेपाल अनुष्काले भनिन्– मानसिक स्वास्थ्यको पनि ख्याल राखौ (भिडियोसहित)

काठमाडौं । मिस नेपाल अनुष्का श्रेष्ठले कोरोना भाइरसबाट बच्न सरकारले गरेको लकडाउनको पालना गर्न सबैमा अनुरोध गरेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा सन्देशले भरिएको भिडियो पोष्ट गर्दै उक्त अनुरोध गरेकी हुन् । ‘संसारमा नै प्रभाव पारेको कोरोनाबाट सतर्क रहौ । तर नआतिउ’ उनले अगाडि भनेकी छन् ‘यो समय आफ्नो शरीरको मात्र नभएर आफ्नो मानसिक […]

पूरा पढ्नुहोस्

काजोल र न्यासालाई कोरोना ? अजयले दिए जवाफ

सामाजिक संजालमा अहिले झुटा खबर फैलिन समय लाग्दैन । बलिउड कलाकारलाई लिएर यस्ता खबर दैनिक सार्वजनिक हुने गर्छन । सामाजिक संजालमा नायिका काजोल र उनकी छोरी न्यासाको बारेमा एउटा खबर फैलियो । काजोल र न्यासालाई कोरोना भाइरसले आक्रमण गरेको खबर सामाजिक संजालमा फैलियो । Thank you for asking. Kajol & Nysa are absolutely fine. The […]

पूरा पढ्नुहोस्

कोरोनाभाइरसः संक्रमणपछि अस्पताल नै नगइ पूरै ठिक भइन् जेम्स बोन्डकी हिरोइन

काठमाडौं। कोरोनाभाइरससँग जुधिरहेकी जेम्स बोन्ड अभिनेत्री ओल्गा कुरिलेन्को पूर्ण रुपमा ठिक भएकी छिन् । उनी आफैंले आफू पूर्ण रुपमा स्वस्थ भएको जानकारी दिएकी हुन् । ओल्गाले इन्स्टाग्राममा पोस्ट गर्दै यसको जानकारी दिएकी हुन् । उनले १५ मार्चमा सामाजिक संजालबाटै आफू संक्रमित भएको जानकारी दिएकी थिइन् । ओल्गा कुरिलेंकोका अनुसार संक्रमित भएको पुष्टि भएपछि उनी अस्पताल […]

पूरा पढ्नुहोस्

‘बेबी डल’ गीतबाट प्रसिद्ध भएकी कनिका कपूरलाई कोरोना, विमानस्थलबाट भागिन्

बलिउडकी प्रसिद्ध गायिका कनिका कपूरलाई कोरोनाभाइरस लागेको छ । उनी शनिवार लन्डनबाट लखनउ आएकी थिइन् । विमानस्थलमा उनी ग्राउन्ड स्टाफसँग मिलेर वाशरूमबाट भागेको बताइएको छ । कनिकाले आइतवार लखनउको ग्यालेन्ट अपार्टमेन्टमा एक पार्टी आयोजना गरेकी थिइन् र त्यसमा लखनउका ठूला अधिकारी र अनेकौं नेता थिए । अहिले कनिकाको पूरै अपार्टमेन्टमा हडकम्प मच्चिएको छ । कनिका […]

पूरा पढ्नुहोस्

लेहेङ्गामा सजिएकी बोल्ड एण्ड ब्युटिफूल अभिनेत्री स्वस्तिमा खड्का (फोटो फिचर)

०५ चैत्र २०७६, काठमाडौँ । पछिल्लो समयकी सर्वाधिक लोकप्रिय अभिनेत्री हुन् स्वस्तिमा खड्का। उनको डिमाण्ड सँगै पारिश्रमिक पनि निकै बढ्दै गएको छ । उनको हातमा चलचित्रको कमी छैन । स्वस्तिमाको अभिनयको मात्र नभएर सुन्दरताको पनि सधैँ चर्चा हुने गरेको छ । केही दिन अघि मात्र उनी नायिका आँचल शर्माको विवाहको रिसेप्सन पार्टीमा पुगेकी थिइन् । […]

पूरा पढ्नुहोस्

रविनाले भनिन् : ट्वाइलेट पेपर नपाए लोटा जिन्दावाद

६, चैत काठमाडाैं । एजेन्सी- बलिउड नायिका रविना टण्डनले कोरोना भइरसको संक्रमणसँगै बढेको ट्वाइलेट पेपरको अभावबाट आँत्तिनुको साटो परम्परागत शैली अपनाउन आग्रह गरेकी छन्। उनले शौचालयपछि धुन परम्परागत पद्धतिबाट पानीको उपयोग गर्न आग्रह गर्दै साबुन पानीले हात धुँदा स्वास्थ्यमा जोखिम नहुने सुझाव समेत दिएकी छन्। कोरोना भाइरसको संक्रमण बढेलगत्तै युरोप तथा अमेरिकाका अधिकांश शहरमा ट्वाइलेट […]

पूरा पढ्नुहोस्

अन्जु पन्त र विशाल श्रेष्ठको ‘तिमीलाई छोडेर’ गीत सार्वजनिक (भिडियो)

ताजा समाचार । ५ चैत काठमाडौं : सदाबहार गायिका भनेर चिनिने अन्जु पन्तको नयाँ गित सार्वजनिक भएको छ । अन्जु पन्त र विशाल श्रेष्ठको स्वर रहेको गित सार्वजनिक भएको हो । बाल्यकालदेखी नै गायनमा रुची भएका गायक श्रेष्ठ पेशाले सिभिल इन्जिनियर पनि हुन् । तर उनको गायक बन्ने ठुलो सपना भएकाले हालै मात्र गायिका पन्त […]

पूरा पढ्नुहोस्

नायिका आँचल शर्माको आज जन्मदिन, कति वर्ष लागिन् त ?

काठमाडौं । नायिका आँचल दवाडी शर्माको आज जन्मदिन । १८ मार्च १९९५ मा उनको जन्म काठमाडौंमा भएको हो । यस आधारमा आज उनी आफ्नो २६ औं जन्मदिन मनाउँदैछिन् । काठमाडौं इन्टरनेसनल कलेजमा स्कुल पढाइ पूरा गरेकी आँचल अभिनेत्री, मोडल र भिजे पनि हुन् । उनले आफ्नो अभिनय यात्राको आरम्भ चलचित्र ‘नाइँ नभन्नु ल ४’ बाट […]

पूरा पढ्नुहोस्

बलिउड अभिनेत्री सोनम कपुर आइसोलेसनमा

ताजा समाचार । ५ चैत, एजेन्सी बलिउड अभिनेत्री सोनम कपुर आइसोलेसनमा बसेकी छिन्। बेलायतबाट फर्किएलगत्तै उनी आइसोलसनमा बस्ने निर्णय गरेकी हुन्। लण्डनबाट फर्किँदै गर्दा समाजिक सञ्जाल इन्स्टाग्रामबाट आफू पतिसहित घर फर्किन लागेको सन्देश दिएकी थिइन्। विमानस्थलमा जाँच गरिएको र घर पुगेर परिवारसँगको भेटपछि सोनम दम्पती आइसोलेसनमा बसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यस अघि हिजो मात्रै […]

पूरा पढ्नुहोस्