Tag: राष्ट्रपति

राष्ट्रपतिको सम्बोधन: कोरोना नफैलन सरकारले लिएका नीति र चालेका कदमहरू प्रभावकारी (पूर्णपाठसहित)

विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण र नेपालको अवस्थालाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारीले देशवासीको नाममा सम्बोधन गरेकी छन्। उनले शुक्रबार साझ सरकारी सञ्चारमाध्ययम नेपाल टेेलिभिजन र रेडियो नेपालमार्फत देशवासीको नाममा सम्बोधन गरेकी हुन् । कोरोना रोकथाममा सरकारले आवश्‍यक तयारी र सचेतना अपनाएकोमा राष्ट्रपति भण्डारीले सरकारको प्रशंसा गरेकी छन् । साथै सरकारले चालेको कदममा साथ दिनको लागि […]

पूरा पढ्नुहोस्

नयाँ राजतन्त्रको अभ्यास : राष्ट्रपति भण्डारीकाे सुदूरपश्चिम भ्रमण, बैतडी र दार्चुलाका ४ पालिकामा सार्वजनिक बिदा

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणका लागि बैतडी र दार्चुलाका चार वटा पालिकामा बिहीबार बिदा दिइएको छ । पूजाआजा र भवन उद्घाटनका लागि राष्ट्रपति आउने भएपछि बैतडीको पाटन र दशरथचन्द नगरपालिका तथा दार्चुलाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले स्थानीय बिदा दिएका हुन् । पालिकाले विद्यार्थी, शिक्षक र कर्मचारीलाई राष्ट्रपतिको स्वागतमा अनिवार्यरुपमा उपस्थित हुन निर्देशन दिएकाे […]

पूरा पढ्नुहोस्

नयाँ राजतन्त्रको अभ्यास : प्रधानमन्त्रीको जन्मदिनमा तेह्रथुममा बिदा, राष्ट्रपतिको स्वागतको लागि भोली बैतडीमा बिदा

काठमाडौं । मुलुकबाट राजतन्त्र समाप्त भएको डेढ दशक पुग्न लागिसकेको छ । राजतन्त्रमा तत्कालीन राजाहरुले जनताको भावनालाई कदर नगरेको तथा मुलुकको विकास र समृद्धि गर्न नसकेको, जनताको अधिकार कुष्ठित गरेकोजस्ता आरोप राजनीतिक दल र तिनका नेताहरुले लगाउन गरेका थिए । २०६२÷०६३ सालको दोस्रो जनआन्दोलनले साढे दुई शताब्दी इतिहास बोकेको शाहवंशीय राजसंस्था अन्त्य भयो । तर, […]

पूरा पढ्नुहोस्

‘कमिसन’ नमिल्दा मर्सिडिजसँग डिल भंग, राष्ट्रपतिलाई टोयटाको हाइल्यान्डर !

बास्तविक मूल्यमा गाडी किन्दा कमिसन नपाइने भएपछि सरकार मर्सिडिज बेञ्च छाडेर हाइल्यान्डरतिर लागेको हो । सुरुमा जर्मनस्थित बार्लिनमा रहेको नेपाली राजदुतावासले मर्सिडिज बेञ्च निर्माता कम्पनीसँग नेगोसिएन गरेपछि वास्तविक मूल्यमा मात्रै बिल जारी गर्ने बताएको थियो । तर, नेपाली पक्षले तीन ओटा गाडी खरिद गर्ने र १४ करोड रुपैयाँ बराबरको बिल बनाउनुपर्ने प्रस्ताव राखेपछि मर्सिडिजले उक्त […]

पूरा पढ्नुहोस्

राष्ट्रपतिका लागि हेलिप्याडमै पुर्याइयो सोफा !

राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार शही’द स्मारक एवं प्रजातान्त्रिक पार्कको उद्घाटन गर्न हेलिकोप्टर चढेर हेटौंडा पुगिन् । राष्ट्रपतिको स्वागत गर्न बागमतीका प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईं र मुख्यमन्त्री डोरमणि पौडेलको टोली हेलिप्याडमै तैनाथ थियो । राष्ट्रपति सवार हेलिकोप्टर प्रदेश प्रहरी कार्यालय परिसरमा रहेको हेलिप्याडमा अवतरण भएको थियो । राष्ट्रपतिका लागि हेलिप्याडमै सोफा पुर्‍याइयो । राष्ट्रपति सोफामा बसिन्, […]

पूरा पढ्नुहोस्

राष्ट्रपति ‘महारानी’ बन्न खोज्नु भयो : नेता रावल

धुम्बाराहीमा नेकपा सचिवालय को बैठक चलिरहेको छ । तर बैठक चलिरहदा यता शितलनिवासको ध्यान उक्त बैठकले तानेपछि दोस्रो बरियताका नेताहरु बोलायर राष्ट्रपतिले छलफल गरिन । यस भेटलाइ लिएर धुम्वाराही निकै तात्यो । अध्यक्ष प्रचण्ड बैठकमा निकै क्रुद्ध भएका समाचार हरु बाहिरिए । राष्ट्रपति कार्यालयबाट खाना खाएर नेताहरु धुम्बाराहीमा पुग्दा स्थायी कमिटीको बैठक सुरु भइसकेको थियो […]

पूरा पढ्नुहोस्

कम्युनिस्ट सरकारको कमाल, राष्ट्रपति भण्डारीको भाञ्जा उपकुलपतिमा नियुक्त

दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीकी नाताले भाञ्जा पर्ने डा.धर्मकान्त बाँस्कोटालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा नियुक्त भएका छन् । सरकारको यो निर्णयसँग राष्ट्रपति भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओली आलोचित बनेका छन् । संविधानले आलंकारिक संस्था भनेपनि राष्ट्रपति भण्डारीको भूमिका कार्यकारी अधिकारमाथि हस्तक्षेप गर्नेगरी हुन थालेको प्रतित हुँदै गएको प्रमाण देखिन थालेको चर्चा हुन थालेको […]

पूरा पढ्नुहोस्

डेढ अर्बको हेलिकप्टर चढ्ने राष्ट्रपतिलाई म्यानमारमा डेढ लाखको अटोमा सबार !

ताजा समाचार । २ कात्तिक, काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी अहिले म्यानमरको भ्रमणमा रहेकी छिन् । उनी म्यानमार भ्रमणमा रहेको बेला एक तस्विर सार्वजनिक भएको छ । सार्वजनिक भएको तस्विरमा राष्ट्रपति बिद्यादेवी भण्डारी, परराष्ट्रमन्त्री प्रदीप ज्ञवली र राष्ट्रपति यु विन मिन्ट एउटा अटोरिक्सामा चढेको देख्न सकिन्छ । म्यान्मार जानको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासबाट विमानस्थलसम्म […]

पूरा पढ्नुहोस्

राष्ट्रपति हेलिकप्टरमा विमानस्थल गए पनि सडक जाम उस्तै

प्रशन्न पोखरेल/ २९ असोज सेतोपाटी डटकम म्यानमारको पाँच दिने राजकीय भ्रमणमा जान राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार बिहान शितलनिवासबाट हेलिकप्टर चढेर सिधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिइन्। सडकमार्ग हुँदै गाडीमा विमानस्थल जाँदा ‘पिक आवर’ मा ट्राफिक जाम धेरै हुने र गन्तव्यका लागि हिँडेका यात्रुलाई मर्का पर्ने भन्दै राष्ट्रपति भण्डारीलाई हेलिकप्टरबाट विमानस्थल लगिएको थियो। राष्ट्रपति भण्डारी हेलिकप्टरबाट विमानस्थल […]

पूरा पढ्नुहोस्

राष्ट्रपति भण्डारी हेलिकोप्टर चढेर शीतल निवासबाट विमानस्थलसम्म

ताजा समाचार । २९ असोज, काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमार जाने क्रममा शीतल निवासदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्न हेलिकोप्टरको प्रयोग गरेकी छिन् । बुधबार बिहान उनी शीतल निवासबाट हेलिकोप्टर चढेर विमानस्थल पुगेकी हुन् । कार्यालय समयमा सडकमार्गबाट विमानस्थल जाँदा सर्वसाधारणलाई सास्ती हुने भन्दै उनी हेलिकोप्टरमा चढेर विमानस्थल पुगेकी राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपतिले […]

पूरा पढ्नुहोस्