महरामाथि अनु’सन्धान गर्न अझै पाँच दिन म्याद थप


 

ताजा समाचार । ३ कात्तिक, काठमाडौं :

काठमाडौं जिल्ला अदा लतले संसद सचिवालयकी कर्मचारीलाई बला त्कार गर्न खोजेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि अनु सन्धान गर्न अझै पाँच दिन म्याद थप गरेको छ।

जिल्ला न्यायाधीश बाबुराम सुवेदीको इजलासले सरकारी वकिल र महराका वकिलहरूको बहस सुनेपछि यस्तो अनुमति दिएको जिल्ला अदालत काठमाडौंका स्रेष्तेदार आनन्द श्रेष्ठले जानकारी दिए। महराको बयान लिन बाँकी रहेकाले पाँच दिन म्याद थप गरेको अदालतले जनाएको छ।

कात्तिक २ गतेदेखि लागू हुने गरी अदा लतले पाँच दिन म्याद थप गरेको हो। यसअघि सरकारी वकिलले भने सात दिनको म्याद मागेको थियो। आजदेखि प्रहरीले उनको बयान लिन सुरू गरेको थियो।

आफूलाई बला त्कार गर्न प्रयास गरेको र त्यसको प्रतिवाद गर्दा आफूमाथि हिं सा गरेको भन्दै संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले प्रहरीमा उ’जुरी दिएकी थिइन्।

चौतर्फी आ’लोचना भएपछि महराले सभामुखको पदबाट राजी नामा दिएका थिए तर सांसदको पदबाट भने राजी नामा दिएनन्। उनले राजीनामा गरेपछि रोशनीले प्रहरीमा जा हेरी दिएकी थिइन्। त्यसपछि प्रहरीले महरालाई असोज १९ गते सभामुख भवन बालुवाटारबाट प’क्राउ गरेको थियो।

प’क्राउ परेसँगै उनले सांसदको हैसियत गुमाएका छन् भने सेवासुविधा पनि रोक्का भएको छ।

अन्तिम पटक अपडेट गरिएको : February 17th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु