एक ड्राइभरको निधन पछि श्रीमान दावी गर्दै सात महिलाको झगडा, प्रहरी नै चकित


 

वहुविवाहका कारण परिवारमा कलहका घटना भएको समाचार बाक्लै सुन्न पाइन्छ । एक पुरुषका दुई श्रीमतीबीच कु टाकु टदेखि ह त्यासम्मका घटना हुने गरेका छन् । अझ एउटै व्यक्तिका सात श्रीमती हुँदा कस्तो होला ? छिमेकी देश भारतमा एक व्यक्तिलाई सात महिलले पति दावी गरेपछि प्रहरी चकित मात्रै भएन, समस्या कसरी समाधान गर्ने भन्ने ठूलो संकटमा पर्‍यो ।

भारतको धर्मनगरी हरिद्वारको पुलिसकोमा सोंच्दा पनि नसोचेको घटना आयो । कुनै व्यक्तिको निधन हुन्छ र उसको श वलाई यदि एकै पटक सात ‘श्रीमती’ ले दाबी गर्छन् भने अचम्मित हुनु स्वभाविक हो ।

आइतबार हरिद्वारमा एक ४० वर्षका व्यक्तिले देहत्याग गरे । त्यसपछि अधिकार जतानका लागि शुरुमा त पाँच महिला अगाडि आए । समस्या त्यतिबेला निम्तियो जब यी सबैले मृ तककी श्रीमती भएको दाबी गरे र आफ्ना ‘श्रीमान’ को जीवनमा अन्य कुनै महिला भएको बारे आफूलाई कुनै जानकारी नभएको बताए ।

घण्टौंसम्म चलेको नाटक र झगडापछि मृ तकको दाहसंस्कार गरियो । पुलिसले पाँच महिलाको दाबीमाथि अनुसन्धान गरिरहेकै बेला अन्य दुई महिलाले मृ तक आफ्नो श्रीमान् भएको दाबी गर्दै पुलिस स्टेशन आइपुगे ।

पुलिसलाई अन्य महिलाले पनि श वमाथि अधिकार माग्ने हो कि भनेर शंका छ त्यसकारण पुलिसले यो समस्या सुल्झाउनका लागि हरिद्वार पुलिसले अझै केही दिन प्रतिक्षा गर्ने निर्णय गरेको छ । मृ तक पवन कुमार ड्राइभर थिए ।

पुलिसका अनुसार आइतबार राती पवनले वि ष से वन गरे । पवनकी कथित श्रीमतीले उनलाई बेहोसीको स्थितीमा एक नजिकैको अस्पतालमा भर्ना गराएकी थिइन् । उपचारको क्रममा पवनको निधन भयो ।

सुरुवाती अनुसन्धानमा पत्ता लागे अनुसार पवन गम्भीर आर्थिक संकटसँग जुधिरहेका थिए । साथै, मृ तकले निकै साधारण जीवनशैली अपनाइरहेका थिए र उनका धेरै साथी पनि नभएको अनुसन्धानमा पत्ता लागेको छ ।

सिटी पुलिस थानाका एसएचओ प्रविण सिंह कोश्यारीले टाइम्स अफ इन्डियालाई भने, ‘उनले यस्तो कदम किन उठाए भनेर हामी अनुसन्धान गरिररहेका छौं ।

जो महिलाले पवनलाई अस्पताल र्पुयाएकी थिइन् उनले आफूलाई पवनकी श्रीमती बताइरहेकी थिइन् तर उनले देहत्कोयागको कुनै पनि कारण बताइनन् । श वको पोस्टमर्टमका लागि अस्पताल पठाएका छौं ।’ पुलिस अधिकारीका अनुसार मृ तक पवनको बैंक खातामा जिरो ब्यालेन्स थियो र उनी एक भाडाको घरमा बस्थे । एजेन्सी

प्रकाशित भएको : October 20th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु