यी हुन् पाल्पा रामपुरका गमिलकुमार श्रेष्ठ, जसले भारत पाकिस्तानको युद्धमा आफ्नो ज्यान गुमाए


 

ताजा समाचार । ४ कात्तिक, पाल्पा :

पाकिस्तानी सेनासँगको भिडन्तमा ज्यान गुमाएका भारतीय गोर्खा सैनिक गमिलकुमार श्रेष्ठ पाल्पा जिल्लाको रामपुरका रहेको खुलेको छ ।

रामपुर नगरपालिका वडा नम्बर–४, सदावर्तका २४ वर्षीय श्रेष्ठ भारतीय सेनामा भर्ना भएको २७ महिना मात्रै भएको वडाध्यक्ष एकबहादुर नेपालीले जानकारी दिए ।

अविवाहित श्रेष्ठको घरमा हजुरबुवा, बुवा, आमा र दाइ–भाउजू छन् ।

घटनाको जानकारी पाएसँगै उनका बुवा, आमा, दाजु–भाउजू र छिमेकीहरु सोमबार बिहानै भारत गएको छिमेकी कृष्ण लम्सालले जानकारी दिए ।भर्तीपछि तालिम सकेर एक महिने छुट्टीमा घर आएका गमिल ५ महिनाअघि ड्युटीमा हाजिर हुन कश्मीर पुगेका थिए ।

भारत पाकिस्तान युद्धमा ज्यान गुमाएका पाल्पा रामपुरका गमिलकुमार श्रेष्ठ ।

गएको वैशाखमा १५ दिने छुट्टीमा आएका गमिलले भर्ती हुन भाकल गरेबापत पञ्चबलि पूजा गरी फर्केको उनका छिमेकीले जानकारी दिएका छन् ।

कक्षा १२ मा पढ्दापढ्दै भारतीय सेनामा भर्ना भएका गमिल निकै मिलनसार र सहयोगी भावना भएका व्यक्ति भएको उनीसँगै माध्यमिक शिक्षाा अध्ययन गरेका गाउँकै साथि दानबहादुर थापाले बताए ।

जेठा बुवाको छोरा दिपक श्रेष्ठ भारतीय सेनामा भर्ना भएपछि गमिल पनि दिपककै सहयोगमा सेनामा भर्ना भएका थिए । गमिल मारिएसँगै गाउँ शोकमा डुबेको छ ।

प्रकाशित भएको : October 21st, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु