विप्लव समूहका नेता गुणराज लोहनी चितवनबाट पक्राउ


 

ताजा समाचार । ५ कात्तिक, काठमाडौं :

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट नेता गुणराज लोहनीलाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ।

उनी चितवनको भरतपुर महानगरपालिका-११ बसेनीबाट पक्राउ गरेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले सोमबार बिहान घरबाटै पक्राउ गरेको हो ।

एकसाताअघि नेकपा केन्द्रीय सदस्यबाट निकालिएका उनलाई सादा पोशाकको प्रहरीले पक्राउ गरेको हो।  विप्लवनिकट पत्रिका रातोखबरबाट पनि निकालिएका उनलाई चितवन प्रहरीको हिरासतमा राखिएको छ।

उनी तत्कालीन नेकपा (माओवादी) को शिक्षक संगठनको अध्यक्ष थिए। माओवादी विभाजन भएपछि मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीमा रहेर विप्लव नेतृत्वको नेकपामा प्रवेश गरेका थिए। विप्लवले उनलाई बिरामी रहेकाले केन्द्रीय सदस्यबाट हटाएको जनाएको छ।

लोहनीले चितवन प्रहरीलाई पनि पार्टीले आफूलाई दुई महिना अगाडि नै कारबाही गरिसकेको र हाल स्वतन्त्र नागरिकको रुपमा बसीरहेको प्रारम्भिक बयान दिएका छन् । उनीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एवम् प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।

प्रकाशित भएको : October 22nd, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु