आफ्नै आमा कहाँ छन् के गर्दै छन् थाहा छैन, यता सौतेनी आमाले पिटर यस्तो हालत, बुवा युएईमा (भिडियोसहित)


 

काठमाडौं, ९ साउन । नेपाली समाजमा सौतेनी आमाले ससना बालबालिकाहरुलाई धेरै नै दुख दिने कुटपिट गर्ने गर्छिन् भनेर त्यतिकै भनिएको हैन । एकाध बाहेक धेरैजसो सौता आएका महिलाहरुले देखाउने व्यवहार उस्तै हुन्छ । आज हामी तपाइहरुलाई एक भिडियो देखाउन गैरहेका छौं । जसबाट सौतेनी आमाले गर्ने व्यवहार कस्तो हुन्छ । थाहा पाउनुहुन्छ । आफ्नी आमा कहाँ छिन् ती अवोध बालकहरुलाई थाहा छैन । बाबा पैसा कमाएर राम्रो जीवनशैली अपनाउने सोचमा विदेशमा हुनुहुन्छ ।

सौतेनी आमाको कुटाई त्यी दुईले दैनिक रुपमै खाईरहन्थे । कसैलाई भने अझ पिट्ने आमाले धम्की दिन्थिन् । गत असार ६ गते शुक्रबार विद्यालयमा झोक्रिएर बसेका सुशिललाई शिक्षकले कारण सोधे तर बताएनन् । सीता मावि चरङ्गेका शिक्षक लेखनाथ थापाले ढाडमा के छोएका थिए शुशिल ऐया आमा भनेर चिच्याए । सर्ट निकालेर हेर्दा ढाडभरी नीलडाम र चोट देखिए । त्यसपछि यो घटना बाहिर आएको थियो ।

शिक्षकले कुटिएर सख्त घाइते देखेपछि बहिनी सिर्जनालाई सोधे । उनको पनि शरीरको विभिन्न अंगमा नीलडाम थिए । दाजुबहिनी नै कुटिएको देखेपछि छिमेकीलाई सोधीखोजी शिक्षकले गरे । त्यसपछि घरकै सानी आमाले पिटेको रहस्य खुले प्रहरीलाई खबर गरी दाजुबहिनीको उद्धार भएको थियो । सिर्जना दुई बर्षकी हुँदा उनकी आमाले दोस्रो विहे गरेर गएपछि जीतबहादुरले डिलमाया संग दोस्रो बिहे गरेका थिए ।

हेर्नुहोस भिडियो

यो पोष्टलाई धेरैभन्दा धेरै शेयर गरिदिनुहोला । तपाइको १ शेयरले त्यस्ता सौतेनी आमाहरुलाई सवब सिकाउने छ ।

अन्तिम पटक अपडेट गरिएको : April 28th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु