सडक निर्माणमा विवाद हुदा महिला माथी डोजर लगाइयो


 

सडक निर्माणको क्रममा विवाद हुदा महिलालाई डोजरले हान्ने चालक पक्राउ परेका छन् । बैतडीको दशरथचन्द नगरपालिका वडा नं ९ ग्वाल्लेकमा सडक निर्माणको क्रममा स्थानीय महिला गौरी जोशीलाई डोजरले फाल्ने सोही नगरपालिकास्थित देहीमाण्डौंका किशोर बोहरालाई प्रहरीले पक्राउ गरेको हो ।

सुण्नाखानदेखि पार्ससम्मको सडक निर्माणका बिषयमा सडक रोक्ने र सडक लैजाने पक्षबीच कुराकानी नमिल्दा सोमबार झडप भएको थियो । सोही क्रममा जोशीलाई बोहोराले डोजरले हानेर फालेका थिए । त्यस्तै, सोही घटनामा सुरेन्द्र प्रसाद जोशी, नारायण जोशी, सन्तोष जोशी, पुष्कर जोशी, दिनेश जोशी, भोजराज जोशी र धर्मानन्द जोशी घाइते भएका थिए । गौरी जोशीको तथा सुरेन्द्र प्रसाद जोशीको भने धनगढीमा उपचार भइरहेको छ ।

प्रकाशित भएको : October 22nd, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु