चर्चित टिभी सिरियल ‘नागिन’ को चौथो सिजन आउदै, यी नायिकाले निभाउदैछिन् नागिनको भुमिका


 

ताजा समाचार । ५ कात्तिक, काठमाडौं :

भारतीय टिभी सिरियल नागिन निकै चर्चित टिभी सिरियल हो । यसअघि नागिनको हरेक सिजन दर्शकले निकै मनपराएका थिए ।

अब भने यस सिरियलका फ्यानहरुले नागिनको चौथो सिजन हेर्न चाहेका छन् । भारतिय मिडियाका अनुसार अब भने नागिनको चौथो सिजन आउने भएको छ । यस सिजनमा नागिनको भुमिका को रहने भन्ने चर्चा चलेको थियो । तर त्यो प्रतिक्षा पनि अब पुरा भएको छ ।

भारतिय मिडियाका अनुसार अब एकता कपुरको शो नागिनको चौथो सिजनमा नागिनको भुमिका निया शर्माले निभाउने भएकी छिन् ।

टिभी सिरियल इश्क में मरजावां बाट निकै चर्चामा आएकी निया शर्माले नागिनको लागी साइन गरेको बताइएको छ । यस अघि पहिलो २ सिजनमा मौनी रोय, तेस्रो सिजनमा सुरभी ज्योतिले नागिनको भूमिका निभाएका थिए ।

प्रकाशित भएको : October 22nd, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु