
ताजा समाचार । ५ कात्तिक, ललितपुर :
गोदावरी नगरपालिका ललितपुरको वडानम्बर ९ मा आफ्नै विद्यालयको बसले किच्दा एलकेजीमा अध्ययनरत बालकको मृ*त्यु भएको छ । मृ*त्यु हुनेमा आठ वर्षीय नवीन घिमिरे छन् ।
छम्पीस्थित होली टेम्पल विद्यालयको बा २ ख ५००९ नम्बरको बसले सोमबार बिहान करिब सवा ९ बजेतिर स्कुल जाने क्रममा किचेर सोही विद्यालयका विद्यार्थी घिमिरेको घटना स्थलमै मृ*त्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जाकारी दिएको छ ।
विद्यालय जाने क्रममा उनी बस चढेलगत्तै ढोकाबाट खसेको र सोही बसको पछाडिको पांग्राले किचेको प्रत्यक्षदर्शीले बताएका छन् ।
चालक र बसलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ । घटनापछि स्थानीयले केहीबेर सडक अवरुद्ध गरेका थिए । अहिले स्थितिमा नियन्त्रणमा आइसकेको र घटनाबारे अनुसन्धान भइरहेको ललितपुर प्रहरी परिसर जावलाखेलकी एसपी दुर्गा चन्दले जानकारी दिइन् ।
प्रतिकृया दिनुहोस्