विवादित गीतका गायक दुर्गेश थापा पक्राउ


 

ताजा समाचार । ५ कात्तिक, काठमाडौं :

गायक दुर्गेश थापा पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको विवादित गीतका विषयमा परेको उजुरीका आधारमा थापालाई पक्राउ गरिएको बताए । थापाले भने, ‘‘सामाजिक मूल्य मान्यता विपरीत गीत गाएर समाजलाई गलत सन्देश दिने काम कानुन विरीत हो । त्यसैले उनलाई नियन्त्रणमा लिएका छौं ।’’

उनको ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको गीतमा बियरसँगै गाँजा सेवनलाई पनि प्रोत्साहन गर्ने शब्द समेटिएपछि उनको गीतको चर्को आलोचना हुँदै आएको छ ।

तीजमा उनले निकालेको ‘बीच्च बीचमा’ बोलको गीत लोकप्रिय भएको थियो । उक्त गीत लोकप्रिय भएपछि अहिले प्रदर्शनमा रहेको चलचित्र ‘छ माया छपक्कै’ले सोही लय र शैलीमा प्रचारका लागि दुर्गेशलाई गीत र भिडियो बनाउन लगाएको थियो ।

प्रकाशित भएको : October 22nd, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु