पूर्वराजा ज्ञानेन्द्रको मध्यरातमा ‘रअ’ प्रमुखसँग बिलौना गरेको खुलासा !


 

काठमाडौ। भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख समान्त गोयलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेका छन् । समान्त भेट्न ज्ञानेन्द्र लैनचौरस्थित भारतीय दूतावासको पछाडि वीरेन्द्र प्रहरी अस्पताल छेवैमा रहेको ‘सकारात्मक सोचका प्रवर्तक’ दाबी गर्ने विवादित पर्यटन व्यवसायी कर्णको शाक्य निवासमा भेटेका हुन् । ज्ञानेन्द्र राति ११ बजे आफैंले कार हाँकेर समान्त भेट्न शाक्य निवास पुगेका थिए ।

यद्यपि भेटलाई अहिलेसम्म गोप्य राखिएको छ । स्रोतका अनुसार ज्ञानेन्द्रले राजनीतिक दलहरुसँग जनता निराश बनेको र त्यसको विकल्प आफू भएको दाबी गरेका थिए । उनले राजतन्त्र पुनस्र्थापनाका लागि सहयोग गर्न र त्यसपछि आफू भारतीय चाहनामा काम गर्न तयार रहेको प्रतिबद्धता समान्तसमक्ष गरेका थिए । पहिला भारतलाई चिढ्याएर आफूबाट गल्ती भएको र आगामी दिनमा त्यस्तो नगर्ने पनि उनले बताएका थिए । गोयलले नेपालबाट धर्मनिरपेक्षता र संघीयता छिट्टै खारेज हुने र त्यसपछिको एजेण्डा राजतन्त्र भएको भारतीय संस्थापनको सन्देश ज्ञानेन्द्रलाई सुनाएका थिए ।

एकैपटक सबै एजेण्डाबाट व्याक हुन खोज्दा जनताले समर्थन नगर्ने भएकाले भारतीय चाहना पहिला नेपाललाई हिन्दू राज्य कायम गर्ने संघीयता खारेजी गर्ने रहेको बताए । ‘राजतन्त्र रेलको अन्तिम डिब्बा हो’, गोलयको भनाइ उद्धृत गदै्र्र स्रोतले भन्यो, ‘अगाडिको डिब्बाका रुपमा रहेका धर्मनिरपेक्षता र संघीयता गएपछि पछाडिको डिब्बा (राजतन्त्र) स्वतः अगाडि आउँछ ।’

गोयलले त्यसअघि प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख विपक्षी काँग्रेस नेता शेबरहादुर देउवालाई छुट्टाछुट्टै भेटेका थिए । ती सबै भेटबारे नेताहरुले केही बोलेका छैनन् ।

को हुन् गोयल ?

सामन्त गोयल भारतीय गुप्तचर संस्था रअको चीफमा नियुक्त भएको एक महिना पनि बितेको छैन । उनी गत असार ११ गते मात्र आइपीएस अफिसरबाट रअको प्रमुख बनेका हुन् ।

गोयल अनिल कुमार धस्मानाको ठाउँमा रअका चीफ भएका हुन् । धस्माना अढाइ वर्षे सेवा अवधि पूरा गरेर असारमा रिटायर्ड भएका छन् ।

यसअघि आइपीएस अफिसर रहेका गोयल पाकिस्तानको बालाकोटमा आतंकवादी शिविरमाथि भएको हवाइ हमलाका योजनाकार मानिन्छन् । जून २६ मा भारतीय प्रधानमन्त्री मोदीबाट रअको चीफ बनाइएका उनी सन् २०१६ को सर्जिकल स्ट्राइकका योजनाकार मानिन्छन् ।

आएपीएस अफिसर सामन्तलाई रअको चीफ बनाएपछि खाली रहेको पदमा मोदीले अरविन्द कुमारलाई ल्याएका छन् ।

अरविन्द कुमार भारतको नक्सलाइट आन्दोलनका जानकार एवं काश्मिर मामिलाका विज्ञ मानिन्छन् ।

अन्तिम पटक अपडेट गरिएको : April 28th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु