
1 year ago
काठमाडौं, ५ कार्तिक । ललितपुरमा आफ्नै स्कुल बसले किच्दा एक विद्यार्थीको मृ त्यु भएको छ । गोदावरी नगरपालिका-९ छम्पीमा होलि टेम्पल माध्यमिक विद्यालयको बसले किच्दा एलकेजीमा पढ्ने ६ वर्षीय नविन घिमिरेको घटनास्थलमै मृ त्यु भएको हो ।
स्कुलमा विद्यार्थी बोक्न टिकाभैरव-लगनखेल चल्ने बा २ ख ५००९ को बस भाडामा लिएको थियो । ‘गाडी अगाडि नजाने भएपछि पार्क गरेर राखेको मोटरसाइकल सहचालकले हटाउन खोजेको रहेछ’, घटनास्थलमा पुगेका ललितपुरका डिएसपी देवेन्द्र पाण्डेले भने, ‘बस अगाडि बढाउँदा ढोकाबाट विद्यार्थी खस्यो र पछाडिको पाङ्ग्राले किच्दा बालकको मृ त्यु भयो ।’
रामेछाप घर भइ ललितपुर बस्दै आएका चालक कोलक बहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हाल भैंसीपाटीमा दुवै पक्षका बीचमा छलफल भइरहेको छ ।
प्रकाशित भएको : October 23rd, 2019
प्रतिकृया दिनुहोस्