गोर्खाको जंगलमा रहेको ओढारमा भेटियो १६ किलो सुन, थाहा पाउने सबै परे चकित (भिडियो सहित हेरी शेयर गर्नुहोस्)


 

गोरखाको धार्चे गाउँपालिका-३ खोर्लाबेशीमा ओढारमा लुकाएर राखेको सुन प्रहरीले बरामद गरेको छ । चुमनुब्री गाउँपालिका हुल्चुकका ब्यापारी धनकमल गुरुङले ओढारमा ढुंगामुनि लुकाएर राखेको १६ वटा बिस्कुट आकारको सुन बरामद गरेको गोरखाका प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए । उक्त सुनको ढिक्कामा तौल १ हजार ग्राम उल्लेख गरिएको छ ।

यसअघि घटनास्थल नजिकैको माछाखोला प्रहरी चौकीले १२ ढिक्का सुन बरामद भएको जानकारी दिए पनि जिल्ला प्रहरी प्रमुख एसपी अधिकारीले १६ ढिक्का नै भेटिएको पुष्टि गरेका हुन् ।

काठमाडौंमा पक्राउ परेका ब्यापारी धनकमले ओढारमा सुन लुकाएको ठाउँ देखाएका थिए । प्रहरीका अनुसार ओढारमा ढुंगामुनि झोलाभित्र हाते रुमालले बेरिएको, त्यसभित्र दुई वटा प्लास्टिकले ढाकिएको र त्यसभित्र बोरामा सुन राखिएको थियो । सुन दुईवटा झोलामा थियो ।

असार ११ गते राति खच्चडलाई सुन बोकाएर गोरखाको उत्तरी सीमानाबाट धार्चे गाउँपालिकाको माछाखोलातर्फ आउँदै गर्दा लुटेरा समूहले आक्रमण गरेको थियो । त्यसपछि धनकमल सम्पर्कविहीन भएका थिए । उनलाई आक्रमण गर्न खोज्ने ४ जना भने पक्राउ परेका थिए ।

सांकेतिक तस्विर

पक्राउ परेकाहरुले धनकमलले सुन ल्याएको प्रहरीसमक्ष बताएका थिए । त्यसपछि खोजी गरेको प्रहरीले धनकमललाई बुधबार काठमाडौंमा पक्राउ गरेको थियो । उनलाई पक्राउ गरेर सुन लुकाएको ठाउँमा ल्याइएको प्रहरीले जनाएको छ ।

अन्तिम पटक अपडेट गरिएको : April 28th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु