तस्विर र भिडियोमा हेर्नुहोस काठमाडौंमा एक विद्यालयको छानो खस्दा घाइते भएका ४२ जना विद्यार्थीहरु


 

काठमाडौं : काठमाडौंको तारकेश्वर नगरपालिका-३ मा रहेको एक निजी स्कुलको बार्दली खस्दा ४२ विद्यार्थी घाइते भएका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीका अनुसार तारकेश्वर नगरपालिका–३ जितपुर फेदीमा रहेको विद्याकुञ्ज इङलिस सेकेन्डरी बोर्डिङ स्कुलको बार्दली खसेको हो।

सुवेदीका अनुसार घाइते सबै विद्यार्थीको उद्धार भएको छ। घाइते विद्यार्थीको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ। सबै विद्यार्थीको अवस्था सामान्य रहेको उनको भनाइ छ। घाइते हुने विद्यार्थी कक्षा १ देखि ५ सम्मका छन्।

त्यसैगरी बुधबार दिउँसो चाबहिलमा भत्काउने क्रममा एउटा घरले किचेर चारजना घाइते भएका थिए।

घाइतेमध्ये ४ जना गम्भिर घाइते भएका छन् । विद्यालयमा फुटबल प्रतियोगिता चलिरहेका बेलामा विद्यालयको बारदलीमा बसेर हेरिरहेका विद्यार्थी सहित बारदली खसेको बताइएको छ ।

भिडियोमा हेर्नुहोस

थप तस्विरहरु

प्रकाशित भएको : October 23rd, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु