नेपाली चेलीको ६ मिलियन सब्स्क्राईब भएको युट्युब च्यानल, कमाउछिन् मासिक करोडौं (भिडियो)


 

काठमाडौ। सायद धेरैलाई थाहा नहोला नेपालीको पनि ६ मिलियन सब्स्क्राईब भएको युट्युब च्यानल छ भनेर । तर यो साचो हो एक नेपाली चेली प्रमिस तामाङको डोप२१११ नामक युत्युब च्यानल छ । जहा लगभग ६ मिलियन सब्सक्राइब रहेको छ ।

धेरै नेपालीलाई थाहा नहुनुको पछाडीको कारण भनेको प्रमिस तामाङले उक्त च्यानलमा नेपाली नबोल्नु हो । विभिन्न चर्चित सेलिब्रिटी जस्तै देखिने मेकअप गरेर चर्चित बनेकी उनलाई नेपालीले भन्दा बढी विदेशीले चिन्दछन । त्यसैले त उनको च्यानलमा नेपाली एकाद मात्र सब्स्क्राईबर छन ।

धेरै वटा भिडियो बनाएकी उनले पछिल्लो पटक भने एक भिडियो नेपाली भाषा मै बनाएकी रहेछिन । त्यसपछि मात्र उनि कहाकी हुन् भन्ने खुलासा भएको हो । हुनत उनको अर्को च्यानल पनि रहेछ । जसको नाम ओ प्रमिस फान । त्यहाँ पनि एक मिलियन भन्दा बढी सब्स्क्राईब रहेका छन । दुवै च्यानल गरेर ७ मिलियन भन्दा बढी सब्स्क्राईबर उनको रहेको छ ।

उनको यत्ति ठुलो च्यानलबाट आम्दानी पनि राम्रै हुने निश्चित छ । युट्युबबाट नै उनी अर्बपति भएको सहजै अनुमान लगाउन सकिन्छ ।

हेर्नुहोस उनले नेपालीमा बोलेको पहिलो भिडियो

अन्तिम पटक अपडेट गरिएको : April 28th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु