सीको नेपाल भ्रमणपछि अमेरिकाले यस्तो भन्यो


 

काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपालमा चिनियाँ प्रभाव बढ्दै गएको टिप्पणी गरेको छ । दक्षिण तथा मध्य एसिया मामिलासम्बन्धी अमेरिका सहायक विदेशमन्त्री एलिस जी वेल्सले त्यहाँको एक संसदीय उपसमितिमा नेपालसम्बन्धी ब्रिफिङ गर्ने क्रममा उक्त टिप्पणी गरेकी हुन् ।

‘नेपालमा चिनियाँ प्रभाव बढ्दो छ, त्यसैले तिब्बती समुदायमाथि नेपाल सरकारको प्रतिबन्ध छ,’ उपसमितिमा मंगलबार उनले भनेकी छन्, ‘सरकारले तिब्बतीय बौद्धमार्गी समुदायलाई प्रतिबन्ध लगाउने क्रम बढेको छ ।

दलाई लामाको जन्मोत्सव मनाउने सार्वजनिक समारोहमा रोक लगाइएको छ ।’ चीनका राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण गरेको १० दिनपछि अमेरिकी अधिकारबाट यस्तो धारणा आएको हो ।, कान्तिपुर दैनिकले खबर छापेको छ ।

प्रकाशित भएको : October 24th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु