लगातार ५ दिन बैंक बन्द हुने, नगदको काम शुक्रबारसम्म गर्नुपर्ने


 

काठमाडौं । शनिबारदेखि लगातार ५ दिन बैंक तथा वित्तीय संस्था बन्द हुने भएका छन् । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारका लागि ५ दिन सरकारी बिदा निश्चित भइसकेको छ । अघिल्ला वर्षहरुका तिहारमा भन्दा यो वर्षको तिहारमा २ दिन अतिरिक्त बिदा थप भएको हो ।

आइतबारदेखि तिहारको बिदा हुने भएपनि ९ गते शनिबार परेको हुँदा यो पटक तिहारमा ४ दिन सार्वजनिक बिदा हुने थियो । तर,सरकारले भाईटिकाको अर्को दिनपनि नेवार सहुदायले भाईटिका लगाउने भन्दै बिदा थपेको हुँदा यो पटक ५ दिन तिहारमा सार्वजनिक बिदा हुने भएको हो ।

सरकारले सार्वजनिक बिदा दिएको हुँदा बैंक तथा वित्तीय संस्था समेत बन्द हुन्छ । तिहारका लागि सामान किन्न वा अन्य कारोबारमा खर्च गर्नका लागि बैंकबाट पैसा भिक्नु छ भने निक्षेपकर्ताले भोलि (शुक्रबार) काक्तिक ८ गतेसम्म आफ्नो सम्पुर्ण बैंकिङ कारोबार गरिसक्नु पर्ने छ ।

अधिकांस बैंक तथा वित्तीय संस्थाका शाखा काउण्टरहरुमा शुक्रबार २ बजेपछि र केन्द्रिय कार्यलयहरुका काउण्टरमा ४ बजेसम्म मात्र पैसा लेनदेनको कारोबार हुन्छ । त्यसैले आवश्यकता अनुसार बैंकबाट पैसा झिक्नु पर्ने वा जम्मा गर्नु पर्ने ग्राहकहरुले भोलि २ बजेभन्दा अगाडि नै बैंकमा पुगिसक्नु पर्ने छ ।

तिहारको बिदामा पनि केही समयको लागि बैंक तथा वित्तीय संस्थाको काउन्टर भने खुल्ला हुने छन् ।

यो समाचार हामीले क्लिकमाण्डु डटकमबाट साभार गरेका हौं ।

र यो पनि पढ्नुहोस : अन्तत: भाइटिकाको भोलिपल्ट सार्वजनिक बिदा दिने सरकारको निर्णय

प्रकाशित भएको : October 24th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु