दुर्घटनामा चार जनाको मृ त्यु


 

बैतडी, कैलाली र रुकुमपूर्व भएका छुट्टाछुट्टै सवारी दुर्घट नामा चार जनाको मृ त्यु भएको छ।

प्रहरीका अनुसार मेलौली नगरपालिका ५ पेलेस्थित सडकमा एसके २२० केडी नम्बरको स्काभेटरले च्यापिएर बिहीबार बिहान स्काभेटरमा सवार सोही ठाउँ बस्ने ५५ वर्षीय शुक्रसिंह पुजाराको घटान स्थलमै मृ त्यु भएको छ। स्काभेटर चालक दशरथचन्द्र नगरपालिका २ बस्ने ३५ वर्षीय शेरी सिंहलाई प्रहरीले नियन्त्र णमा लिएको छ।

यस्तै, सुर्नया गाउँपालिका २ सिन्के लेकमा से १ ख १९२३ नम्बरको मिनीट्रक अनिय न्त्रित भई बिहीबार बिहान सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घ टना हुँदा मिनीट्रक चालक नौगाड गाउँपालिका ४ सिप्टी बस्ने ३५ वर्षीय गोपाल सिंह धामीको घटनास्थ लमै मृ त्यु भएको छ।

कैलाली, गौरीगंगा नगरपालिका ८ बडैपुरस्थित सडकमा से १ ज १९३२ नम्बरको माइक्रो बसले से१ह २१५६ नम्बरको अटोलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी अटोमा सवार गौरीगंगा नगरपालिका ८ बस्ने २५ वर्षीया निर्मला बुढामगरको उपचारको लागि कोहलपुरतर्फ लैजाने क्रममा बाटोमै मृ त्यु भएको छ। दुवै सवारी साधनसहित माइक्रोबस चालक धनगढी उपमहानगरपालिका १३ बस्ने २७ वर्षीय गोपाल रानालाई प्रहरीले नियन्त्र णमा लिएको छ।

रुकुम (पूर्व), भुमे गाउँपालिका २ सैपातुनस्थित सडकमा रा१ग २९ नम्बरको जेसिबी बिहीबार बिहान करिब ५० मिटर तल खोलामा पल्टिँदा जेसिबी चालक सोही गाउँपालिका काँक्री बस्ने ४८ वर्षीय दुर्गबहादुर बुढाको घटनास्थलमै मृ त्यु भएको छ।

प्रकाशित भएको : October 24th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु