
काठमाडौं, साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो पार्टी सत्तामा आएपछि जेल हाल्ने चे तावनी दिएका छन् ।
देउवाले कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको बचाउ गर्दै अभिव्यक्ति दिएपछि मिश्रले सामाजिक सञ्जालमार्फत् यस्तो चे तावनी दिएका हुन् ।
‘जे पनि भन्दिने, जे पनि गर्दिने ?,’ मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मानवता विरूद्धका अ पराधीहरू, अ पराधीलाई जोगाउनेहरू, भ्रष्टाचारी र देश दोहनकारीहरू, पर्खिनोस्, जनमत बदलिँदै छ । अब धेरै वर्ष लाग्दैन ।’
मिश्रले चे तावनी दिँदै भनेका छन्, ‘साझा पार्टी नेतृत्वमा आएपछि सुशासन भनेको कस्तो हुन्छ जे लमा बसेर टेलिभिजनमा हेर्नुहोला ।’
देउवाले आलमको बचाउ गर्दै पुराना मु द्दा ब्युँता एर आलमलाई प क्राउ गरिएको भन्दै सरकारको आलोचना गरेका हुन् । ‘१२ वर्षअघिको घटना ल्याएर अहिले प क्राउ गर्न पाइन्छ ?’ कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले भक्तपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा देउवाले भनेका थिए,’त्यतिबेला के हेरेर बसेको ?’
साझा पार्टीका संयोजक मिश्रले देउवाको यही अभिव्यक्तिलाई जोडेर जेल हाल्ने चे तावनी दिएका हुन् ।
प्रतिकृया दिनुहोस्