पाठेघर क्यान्सर भएकी ३९ वर्षिया श्रीमतीलाई बचाउन राती ३ बजेदेखि भारी बोक्छन् दिलबहादुर ! सके सहयोग नसके एक सेयर गर्दिनु होला !


 

प्युठान जिल्ला गौमुखी गाँउपालिका वडा नं ३ बस्ने ३९ वर्षिया अम्मी सुनार पाठेघरको मुखको क्यान्सरका कारण थलिएको एक वर्ष भइसक्यो । तर उपचारका लागि आर्थिक अभाव भएको भन्दै उनले सहयोगको याचना गरेकी छिन् ।गाउँमा सानो झुपडी र पाखो वारी मात्र छ, बिरामी भएयता त्यही जग्गा बेच्न खोजेको थिएँ, कसैले किन्न मान्दैनन अम्मीका श्रीमान दिल बहादुर सुनारले दुख पोखे । श्रीमतीको उपचारका लागि काठमाडौँ आएको एक वर्ष हुन थाल्यो । एक वर्षसम्म अस्पतालमा निकै खर्च भयो ।

गाउँमा खेतिपाती गरेर जिविकोपार्जन गर्दै आएका दिलबहादुर यतिबेला श्रीमतीको उपचारका लागि राजधानीमा छन् ।उता ८२ वर्षिया बृद्ध आमाको स्याहार गर्ने कोही छैन, यता रोगी श्रीमती पनि सम्हाल्नु पर्यो ।आफुु निकै संकटबाट गुज्रिएको उनले बताए ।उता घर कसले सम्हाल्यो होला, केटा–केटीले के खाए होलान उनले पीडा सुनाए ।

श्रीमतीको उपचारका लागि पैसा जुटाउन नसके पछि दिल बहादुरले कालीमाटी तरकारी बजारमा राती तीन वजेदेखि भारी बोकेर पैसाको जोहो गरिरहेका छन् ।भारी बाेकेको पैसाले कोठा भाडा तिर्न मात्र ठिक्क हुन्छ, उपचार के ले गर्ने ?दिल बहादुरले निधारको पसिना पुछ्दै आफ्नो बिवशता सुनाए । रोग पहिचान भए यता कम्तीमा ८ लाख रुपैँया रकम खर्च भएको उनले बताए ।अहिलेसम्म ऋणको भरमा उपचार भइरहेको छ, अब त रिण पनि कसैले दिँदैनन्, बाँकी रिन पनि कसरी तिर्ने उनले दुखेसो पोखे

प्रकाशित भएको : October 25th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु