जब गान्धीका पिता जीवनको अ’न्तिम सा’स लिइरहेका थिए, त्यतिवेला गान्धी से’क्समा भुलिरहेका थिए


 

भारतका महान् नेता मोहनदास करमचन्द गान्धीले भारतलाई बेलायती उपनिवेशबाट मात्र मुक्त बनाएनन्, विश्वलाई शान्ति र अ हिंसाको पाठ पनि सिकाए ।त्यसैले, उनलाई भारतले बापु, सन्त, राष्ट्रपिता तथा महात्मा गान्धी जस्ता उपनाम दियो । तर, उनको जिवनको भित्री पाटो भने निकै घतलाग्दो तथा रोचक रहेछ । बेलायती चर्चित इतिहासकार जेड एडम्सले आफ्नो पुस्तक गान्धी :- नेकेड एम्बिसनमा महात्मा गान्धीको विषयमा केही रोचक तथा विवादास्पद तथ्य उजागर गरेका छन् । उक्त पुस्तकले आम सर्वसाधारण र मिडियामा मेतसनसनी फैलाएको छ ।

सादा जिवन उच्च विचारका धनी, विश्व प्रसिद्ध अहिंसावादी नेता महात्मा गान्धीका विषयमा सार्वजनिक गरिएका यस्ता आश्चर्यजनक तथ्यहरु धेरैले पत्याउन पनि सकेका छैनन् ।उनीमाथि लेखिएका अधिकांश पुस्तकले महात्मा गान्धीको कैयौँ स्त्रीसँग सम्बन्ध रहेको दाबी गरेका छन् । तीमध्ये गान्धी र सरलादेवीको सम्बन्धलाई लिएर सबैभन्दा बढी चर्चा भएको छ । रवीन्द्रनाथ टेगोरकी ठूली बहिनीकी छोरी सरला र गान्धी विवाह गर्न चाहन्थे भन्ने पनि चर्चा चल्यो ।

गान्धीका ७१ वर्षीय छोरा राजमोहन गान्धीले लेखेका छन्– विवाहित र चार सन्तानका पिता भए पनि गान्धी सरलादेवीसँगको प्रेममा थिए । त्यति मात्र होइन, उनी सरलादेवीसँग विवाह गर्न पनि तयार थिए । सरला गान्धीकी श्रीमती कस्तुरबाभन्दा निकै प्रतिभाशाली र बुद्धिमानी थिइन् । उनी स्वतन्त्रता संग्राममा सक्रिय पनि थिइन् । तर, सरलाले यस विषयमा आफ्नो आत्मकथामा भने केही लेखेकी छैनन् ।

जेड एडम्सले सन् २०१० मा लेखेको पुस्तकमा लेखकले महात्मागान्धीको जवानी निकै रसरंगपूर्ण रहेको र बुढेशकालमा समेत गान्धी निकै भोगी रहेको बताएका छन् । उनको पुस्तकका अनुसार :- गान्धी युवतीहरूसँग नुहाउने र सुत्ने गर्थे । उनी आफ्नो आश्रममा रहेका विवाहित व्यक्तिहरूलाई अलग–अलग रहन निर्देशन दिन्थे । यौ’नइच्छा हुनेबित्तिकै गान्धीले चिसो पानीले नुहाउन निर्देशन दिन्थे ।

एडम्सकै किताबमा गान्धीले आफ्ना पितालाई सम्मान नगर्ने पनि उल्लेख छ । एडम्सले किताबमा दाबी गरेका छन्– जब गान्धीका पिता जीवनको अ’न्तिम सा’स लिइरहेका थिए, त्यतिवेला गान्धी से’क्समा भुलिरहेका थिए । उनले दुई बेलायती महिलासँग आध्यात्मिक विवाह गरेका थिए । यी दुवै महिला गान्धीकै आश्रममा बस्थे ।

गान्धी आफ्नी १२ वर्षीया भतिजी र एक अर्की महिलासँग नि’र्वस्त्र सुत्थे । आफ्नो इच्छा नियन्त्रित गर्न यसो गरेको गान्धीले आफ्नो आत्मकथामा पनि लेखेका छन्, तर एडम्सले यसको विरोध गरेका छन् ।

गान्धीले नवविवाहितालाई आफ्नो आ त्मा पवित्र बनाएर राख्न, ब्रह्मचार्य पालना गर्न निर्देशन दिन्थे । त्यतिवेला नै उनको यो विचारको विरोध भएको थियो । जवाहरलाल नेहरूले यसको विरोध गर्दै भनेका थिए– यो असामान्य तथा अप्राकृतिक कुरा हो । यस्तो हुनै सक्दैन । गान्धीका छोराले उनलाई छोडिदिएका थिए । गान्धीलाई छाडेपछि उनका छोराले इस्लाम धर्म मानेका थिए । जेड एडम्सले गान्धी बेलायती सेनामा संलग्न भएको पनि जनाएका छन् । उनी बेलायती सेनामा सर्जेन्ट मेजर भएको र युद्धमा राम्रो गरेकाले सरकारबाट सम्मानित पनि भएको पुस्तकमा उल्लेख छ ।

प्रकाशित भएको : October 25th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु