
काठमाडौं। एसि’ड आक्र’मणमा परेर उपचार गराइरहेकी किशोरी मुस्कान अन्सारीले प्रधानमन्त्रीसँग आक्रमणकारीलाई फाँ’सी दिन माग गरेकी छिन् । मुस्कानको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । कक्षा ९ मा अध्ययरत वीरगञ्जकी खातुनमाथि स्कुल जाने क्रममा २० भदौमा एसि’ड आक्र’मण भएको थियो ।
एसि’ड आक्रमण गर्ने माजिद मियाँ र सम्साद मियाँलाई पक्राउ गरी ज्या’न मा’र्ने नियत तथा तेजाब लगायत अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरूप पारेको मुद्दा दर्ता गरेको थियो । अदालतका अभियोग पक्षले माजिदलाई १० वर्ष कै’द र १ लाख जरिवाना तथा सम्सादलाई ५ देखि ८ वर्ष कैद र १ लाखदेखि ५ लाखसम्म जरिवाना माग दाबी सहित मुद्दा दर्ता गरेको भए पनि जिल्ला अदालतले दुवै नाबालिग रहेको भन्दै सुधार गृह’मा पठाइएको छ ।
प्रधानमन्त्रीलाई लेखेको चिठ्ठीमा खातुनले त्यसप्रति असन्तुष्टि जनाएकी छन् । उनले भनेकी छन्, प्रधानमन्त्रीज्यू हजुरको दुई तिहाई सरकारको ठाउँमा म भइदिएको भए तेजा’ब हान्ने अपराधी’लाई फाँ’सी दिन्थे होला ।’ उनले केही वर्ष पहिले सीमा बस्नेत र संगीता खड्कामाथि ए’सिड आक्रमण भएको बेला नै कडा कानुन बनाइदिएको भए आफू अहिले यो अवस्थामा नै आउने थिइन होला समेत भनेकी छन् ।
यस्तो छ उनको पत्र –
मिति :२०७६/७/५
माननीय प्रधानमन्त्रीज्यू
म मुस्कान खातुन अन्सारी
मेरो तर्फबाट नमस्ते । म एउटा तेजा’ब आक्रमणको नानी । हजुरलाई एउटा सानो चिठी । यो घटना मसँग घट्यो । यो घटनाको पी’डा भनेको ठुलो पी’डा हो । पहिले सीमा बस्नेत र संगीता खड्कालाई ए’सिड आक्र’मण भएको बेला कडाभन्दा कडा कानुन भइदिएको भए आज म यो अस्पतालको बेडमा हुने थिइन होला । प्रधानमन्त्रीज्यू हजुरको दुई तिहाई सरकारको ठाउँमा म भइदिएको भए ते’जाब हान्ने अपरा’धीलाई फाँ’सी दिन्थे होला ।
यसपाली ए’सिड आक्रम’णकारीले ठुलो भन्दा ठुलो सजा’ए पाओस् ता कि म जस्तो एउटा बलिकामाथि या चेलीबेटी कसैमाथि ते’जाव आक्र’मण नहोस् । मैले जति पी’डा खपेको छु, त्यो पी’डा अरु कोही माथि पनि नहोस् । यो पी’डा भनेको सानो पी’डा होइन । एउटा देशको ठूलो पी’डा हो । आमा र बुवाको पनि पी’डा धेरै ठुलो पी’डा हो । यो पी’डा कसैको आमा र बुवाले खप्नु नपरोस् । त्यो दोषी’लाई यसपालि ठूलो भन्दा ठुलो सजा’य होस् । मेरो हजुरसँग बिन्ती र अपेक्षा छ । हजुरसँग मेरो एउटा अनुरोध छ कि मेरो पी’डा बुझिदिनु होस्। यो घटना कसैमाथि नहोस् र कोही पनि तेजाब आक्रमण भएको चेलीबेटी अस्पताल नआओस् भन्ने अनुरोध छ ।
धन्यवाद
कुमारी पुजा,दुर्गा पुजा सकियो अब लक्ष्मी पुजाको तयारी छ।५० दिन देखी तेजाबको पिडा भोग्ने हामी सबैको छोरी मुस्कानले प्रधानमन्त्री मन्त्री ज्यु लाई एक पत्र लेखेर गुहार मागेकी छिन।सम्पुर्ण नेपाली चेलीहरु लाई यो तिहार मा सुरक्षित अनुभुती गराउन तेजाब अपराधी लाई जन्म कैद। @kpsharmaoli pic.twitter.com/AQrismXC8g
— Ujjwal Bikram Thapa (@UjjwalBikram) October 24, 2019
प्रतिकृया दिनुहोस्