भारतमा आफुले काम गर्ने ठाउँबाटै ५ लाख रुपयाँ, आधा किलो सुन र गाडी सहित फरार यी २ नेपाली


 

सुर्खेत चौकुने गाउपालिका गुटु गाउँ निवासी तुलाराम देबकोटा र कैलाली घर भएकी एक महिलाले आफुले काम गर्ने ठाउँ भारतको कर्नाटक राज्यको बेङ्लोर बसनगुढी लालबाग नजिकैको अपारमेन्टमाबाट नगद पाँच लाख ,आधा किलो सुन र एउटा कार सहित चोरी गरि फरार भएको छन् ।

चोरी गर्ने आरोपिहरु नेपाल पुगिसकेको हुन सक्ने भारत स्थित नेपाली संगठनहरुले जानकारी गराएको छ्न । चोर चोरिगरी फरार भएपछी उक्त चोरहरुसङ्ग बातचित गरेको आधारमा आसपासका ३ महिला र ९ पुरुषसहित १२ जना नेपालीहरुलाई भारतीय प्रसासनले गिरफ्तार गरेको छ ।

यसरी भारतीय प्रशासनको धरपकड गर्न थालेको खबर यहाँ सामाजिक संगठनहरुलाइ निबेदन आउन थाले पछि ,भारत स्थित ३ वटा नेपाली संगठनहरु अखिल भारत नेपाली एकता मंच अनि प्रवासी नेपाली संघ भारत र अखिल भारत नेपाली एकता समाज (मुलप्रवाह)का जिम्मेवार नेताहरुले नेपलीहरुकालागी पहल गर्ने काम सुरु गरेका छन ।

यहि चोरी मुद्दा सम्बन्धमा भारतको गुजरात र माहारास्ट्रबाट पनि नेपालिहरुलाइ सिआइडिले गिरफ्तार गरि थुनामा राखिरहेको खबर छ । यसरी थुनामा राखेकारुलाइ अझै एक-दुइ दिन छानबिनको लागि राख्ने देखिएको छ । आफैले काम गर्ने अपार्टमेन्टमा चोरी गर्ने अन्य नेपालीहरुको समेत बिचल्ली बनाउने र नेपालीको नामलाइ बदनाम गर्ने ति चोरीगरि फरार युवा युवतीलाई नेपाल प्रहरीले यहि सूचनाको आधारमा पक्राउ गरि कानुनी कार्वाहीको दायरामा ल्याउन भारत स्थित नेपाली संगठनहरुले माग गरेको छ्न ।

अन्तिम पटक अपडेट गरिएको : April 28th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु