
काठमाडौं, कात्तिक ८ : अबर सागरमा देखिएको क्यार चक्रवातले नेपालमा पनि प्रभाव पर्ने देखिएको छ। जसले गर्दा आज हल्का वर्षा हुने जनाएको छ।
बिहीबार अरब सागमार क्यार चक्रवात देखिएको हो। जसको प्रभाव भारत, बंगलादेश र पाकिस्तानमा परेको छ। भारतको दक्षिणी क्षेत्रमा वर्षा भइरहेको छ।
क्यार चक्रवातको प्रभाव नेपालमा पनि परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। क्यारको प्रभावले गर्दा प्रदेश १, २ र ३ मा सामान्यदेखि पूर्ण बदली हुने विभागले जनाएको छ।
विभागका अनुसार, चक्रवातको प्रभावले प्रदेश १, २ र ३ मा हल्का वर्षा हुनेछ। अन्य भूभागमा भने सामान्यतया मौसम सफा रहने विभागले जनाएको छ।
भारतमा भने यसको प्रभाव अत्यधिक परेको छ। कर्नाटकालगायतका क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ भने मुम्बई, गोवा लगायतका क्षेत्रमा भारी वर्षा हुने जनाएको छ।
जल तथा माैसम विज्ञान विभागले ट्वीट गरेर पनि क्यार चक्रवातकाे प्रभाव पर्ने जनाएकाे छ।
हाल अरब सागरमा बनेको “क्यार” नामक चक्रबात (Kyarr Cyclone) को आंशिक प्रभाब नेपालमा पनि परेको छ । जसको कारण प्रदेश न. १ ,२,र ३,मा सामान्य देखि पूर्ण बदलि रहेको छ। यसको प्रभाबले , नेपालमा हल्का वर्षाको मात्र सम्भावाना रहेको छ । बाकी भूभागहरुमा मौसम सामन्यतया सफा रहेको छ । pic.twitter.com/KcoAvzuye4
— Nepal Weather Forecast (@DHM_Weather) October 25, 2019
प्रतिकृया दिनुहोस्