
1 year ago
बाग्लुङ्गको गलकोट नगरपालिका–७ मल्ममा आयोजित तिहारे मेलामा राखिएको चर्खे पिङ खेल्दै सर्वसाधारण । तस्बिर : रामबहादुर थापा
आँगनमा रङ्गेली बनाउँदै गरेका महिला
कञ्चनपुर, १० कात्तिक (रासस): कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ४ ढाँणका राना थारु समुदायका महिला तिहारका अवसरमा आँगनमा रङ्गेली बनाउँदै । तस्वीर : राजेन्द्रप्रसाद पनेरु
पाला छान्दै
कञ्चनपुर, १० कात्तिक(रासस) : कञ्चनपुरको महेन्द्रनगर बजारमा दीपावली गर्नका लागि माटाबाट बनेका पाला खरिद गर्न छान्दै गरेका महिला । भारतीयबाट बिक्रीका लागि ल्याइएका पालाको व्यापार बढ्दो छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु
सयपत्री फूलको माला
इनरुवा, १० कात्तिक (रासस) : सुननरी सदरमुकाम इनरुवा १ सुपरमार्केटमा तिहारको मुख्य दिन लक्ष्मी पूजा (दीपावली) को अवसरमा विक्रीका लागि राखिएको सयपत्री फूलको माला । यहाँ फूलको माला ५० देखि ८० रुपैयाँ सम्ममा विक्रीवितरण हुने गरेको छ
प्रकाशित भएको : October 27th, 2019
प्रतिकृया दिनुहोस्