झिलीमिली बत्तीको तार जडान गर्ने क्रममा करेन्ट लाग्दा मृ त्यु


सांकेतिक फाेटाे
 

महोत्तरी–दीपावली पर्वको तयारीमा साव धानी नअपनाइदा एक किशोरको मृ त्यु भएको छ ।

 लक्ष्मीपूजाका अवसरमा आइतबार साँझ झिलीमिली बत्तीको तार जडान गर्ने क्रममा  रामगोपालपुर नगरपालिका–८ टिकुलिया बजारमा प्रवाह भएको विद्युतको झट्काले धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–२१ निवासी १५ वर्षीय किशोर खगेन्द्र साहको मृ त्यु भएको महोत्तरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

    टिकुलिया बजारस्थित जयमहाराजा ज्वेलर्स (सुनचाँदी पसल) मा झिलीमिली बत्ती जडान गर्ने क्रममा उनको मृ त्यु भएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । 

उक्त बत्ती जडान गर्ने क्रममा मुख्यपोलको तारबाट प्रवाह भएको विद्युतीय झट् काले साहको घ टनास्थलमै मृ त्यु भएको थियो । प्रहरीले श वपरीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा पठाएको छ ।

प्रकाशित भएको : October 28th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु