पूर्वका मोरङ, ताप्लेजुङ, सोलुखुम्बुमा आगलागी हुँदा करोडाैको क्षती


 

सोलुखुम्बु / सोलुखुम्बुको नेचासल्यान गाउँपालिका-२ कुमाल गाउँमा रुपा नेवारको घरमा आईतवार राती लक्ष्मीपुजा गर्ने क्रममा राती पौने ८ बजे आगलागी हुँदा नगद १ लाख ५० हजार, ५ तोला सुन, १० तोला चाँदी लगायत सम्पूर्ण सामान जलेर नष्ट हुँदा अन्दाजी ६ लाख मूल्य बराबरको क्षति भएको हो । उक्त आगलागी प्रहरी र स्थानीयको सहयोगमा राती साढे ९ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

त्यसैगरी मोरङको केरावारी गाउँपालिका-८ आमजुङे बस्ने उमेश बस्नेतको घरमा राती ९ बजे घरमा बालेको मैनबत्तीबाट आगलागी हुँदा २ तले घर सहित साढे ४ तोला सुनका गहना, नगद रु. ४५ हजार र ग्वाली समेत जल्दा अन्दाजी २१ लाख मूल्य बराबरको क्षति भएको हो । उक्त आगलागी दमकल, इलाका प्रहरी कार्यालय बेलबारी, केरावारी र स्थानीयवासीको राती साढे ९ बजे नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय केरावारीले जनाएको छ ।

त्यस्तै ताप्लेजुङको सिरिजंगा गाउँपालिका-२ खम्दिम्बे बस्ने रमेश भट्टराईको घरमा आईतवार साँझ दिपावली गर्ने क्रममा किराना पसलमा बालेको मैनबत्तीबाट आगलागी हुँदा अन्दाजी ८ लाख मुल्य बराबरको क्षति भएको छ । राती ८ बजे भएको उक्त आगलागीबाट दिपावली गर्न राखेको नगद ३ लाख, किराना पसलमा रहेको किराना सामान, फर्निचर लगायतका अन्दाजी ५ लाख मुल्य बराबरको सामान जलेर नष्ट भएको छ ।

आगो निभाउने क्रममा भट्टराईको दाहिने हात डढेर प्राथमिक उपचार पश्चात अस्पताल पठाईएको छ भने उक्त स्थानमा अस्थाई प्रहरी चौकी खाम्दिम्बेबाट प्रहरी टोली खटि गई स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रकाशित भएको : October 28th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु