दीपावली गर्न बालेको दियोबाट घर जल्दा चार वर्षीय बालकको मृत्यु


 

मोरङ पथरी शनिश्चरे नगरपालिका– ५ कोठेबारीमा दीपावली गर्न बालेको दियोबाट घर जल्दा चार वर्षीय बालकको मृ’त्यु भएको छ ।

आइतबार राति करिब साढे १० बजे कोठेबारीका युवराज गिरीको घरमा आगलागी हुँदा उनका चार वर्षीय छोरा युसनको मृ’त्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

घरमा सुतिरहेका युसनको आगोमा जलेर घटनास्थलमै मृ’त्यु भएको हो ।

आगोमा घरभित्र रहेको नगद ९५ हजार, तीन तोला सुनका गहना, तीनतोला चाँदीका गहना, लत्ता कपडा पनि नष्ट भएको प्रहरीले जनाएको छ ।

स्थानीयवासी र प्रहरी चौकी कुशेचौरीबाट खटिएको टोलीले करिब एघार बजेतिर आगो नियन्त्रणमा लिएका थिए ।

यस्तै विराटनगरमा आगलागी हुँदा एउटा कार जलेको छ । आइतबार साँझ दीपावली गर्ने क्रममा विराटनगर-१० मा रहेको नेशनल एकेडेमी कलेज नजिकै रोकेर राखिएको को १ च ९२६२ नम्बरको कारमा आगो लागेको हो । तिहारको बेला मैनबत्ती बाल्ने क्रममा आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ । आगलागीबाट कार पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

यसैगरी, मोरङको केराबारी गाउँपालिका वडा नम्बर-८, आमजुङ्गेमा दीपावली गर्ने क्रममा स्थानीय उमेश बस्नेतको घरमा आगलागी हुँदा २१ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

प्रकाशित भएको : October 28th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु