हलेसीमा बस दुर्घटना हुँदा १४ घाइते


 

खोटाङ । दिक्तेलबाट विराटनगर जाँदै गरेको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । को१ख ६२२० नम्बरको बस सडक भन्दा करिब ५० मिटर तल खसेको छ ।

हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित कामीडाडाँमा बुधबार बिहान करिब पाँच बजेर बीस मिनेट जाँदा दुर्घटना भएकाे हाे ।

घाइतेहरुको दिक्तेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ । घाइते १४ मध्ये दुईजना भने सामान्य घाइते छन् । चालक जेवी तामाङ फारार रहेको प्रहरी नायव उपरीक्षक वामदेव गौतमले बताए । घाइतेहरुको नाम खुल्न सकेको छैन ।

प्रकाशित भएको : October 30th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु