देउसी भैलो खेलेर २८ लाख संकलन


 

म्याग्दी। उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ शिख, तल्लो शिख, फलाटे, स्वाँत र किन्दुबाट पोखरामा बसोबास गरिरहेका बासिन्दाको संस्था ‘शिख्तानी पुन समाज पोखरा’ले देउसीभैलो खेलेर २८ लाख रुपैयाँ संकलन गरेको छ।

उक्त रकम गाउँको विकासका लागि खर्च गरिने संस्थाले जनाएको छ।

आफू जन्मिएको गाउँमा विद्यालय, मठमन्दिर, बाटो र चौतारो निर्माणका लागि पोखरामा देउसीभैलो खेलेर संकलन भएको शिख्तानी पुन समाज पोखराका अध्यक्ष बलबहादुर तिलिजा पुनले जानकारी दिए।

अध्यक्ष पुनका अनुसार पोखरामा देउसीभैलो खेलेर जम्मा भएको रकमले म्याग्दीको शिखगाउँमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्य छ।

छात्रवृतिका लागि भैलो खेल्दै

बागलुङ,१३ कात्तिक (रासस) : रोट्रयाक्ट क्लव अफ बागलुङले गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई प्रदान गर्दै आइरहेको छात्रावृतिको कोष बृद्धि गर्नका लागि बागलुङ बजारमा तिहारको अवसरमा देउसीभैलो खेल्दै । तस्वीरःखेमराज गौतम

युवालाई स्वरोजगार बनाउन विभिन्न किसिमका रोजगारमूलक कामका लागि अत्यन्तै न्यून र सरल ब्याजमा कर्जा लगानी गर्नेसमेत उद्देश्य रहेको उनले जानकारी दिए। रासस

 

प्रकाशित भएको : October 30th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु