धादिङको गजुरी गाउँपालिकामा जिप पल्टिदा २३ जना घाइते


 

धादिङ, १४ कात्तिकः दक्षिणी धादिङको गजुरी गाउँपालिका वडा नं २ मलेखु भण्डारा सडकखण्डस्थित तुनी खोलामा आज ताल्तीबाट मलेखुतर्फ आउँदै गरेको ग१ज ३०११ नम्बरको बोलेरो जिप पल्टिँदा २३ जना घाइते भएका छन् । जिपमा ३० जना सवार रहेको बताइएको छ ।

कच्ची सडकबाट करीब २५ मिटर तल खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताउनुभयो । घाइतेको उद्धारपछि राजमार्ग सामुदायिक अस्पताल, मलेखु र गजुरी अस्पतालमा उपचारका लागि लगिएको छ ।

धादिङको गजुरी गाउँपालिका –२ मलेखु भण्डारा सडकखण्डस्थित तुनी खोलामा दुर्घटना भएको ग१ज ३०११ नम्बरको बोलेरो जीप ।  सडकबाट २५ मिटर तल खोलामा जीप खस्दा २३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । तस्बिरः सिताराम अधिकारी

प्रकाशित भएको : October 31st, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु