बाँसको पुल तरेको ५० रुपैंया कर


 

झापा । झापाको झापा गाउँपालिका–२ का श्याम राजवंशीले बिरिङ खोलामा लगाएको बाँसको पुल तर्दा प्रत्येक पटक ५० रुपैयाँ तिर्ने गर्नुभएको छ । पक्की पुल नहुँदा हरेक पटक बाँसको पुल तर्दा राजवंशीले पैसा तिर्नुपरेको हो ।

सरकारले हुलाकी राजमार्गलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिएको छ । हुलाकी राजमार्गले विरिङ खोलालाई पनि छुन्छ ।

बाँसकै पुल नजिकै आयोजना अन्तर्गतको पुल निर्माण शुरु भएको ८ वर्ष बिते पनि अहिलेसम्म पुल नबन्दा स्थानीयले बाँसको पुल तरे वापत पैसा तिर्दै आएको राजवंशीले बताउनुभयो ।

झापाको बाह्रदर्शी गाउँपालिकाको राजगढलाई छोएर बग्ने बिरिङ खोला तर्दा दैनिक हजारौँ नागरिकले पैसा तिर्ने गरेका छन् । कारोबार दैनिकबाट

प्रकाशित भएको : November 1st, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु