यसकारण खानै पर्छ स्याउको बियाँ र बोक्रा, हुनेछ अचुक फाइदै फाइदा


 

स्याउ स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । । यसको सेवन प्राय मानिहरुले गरेका हुन्छन् । हामीलाई स्वास्थ्य राख्ने फलफुलमा निकै लाभदायक मानिएको स्याउको फाईदाहरुको बारेमा धेरैलाई थाहा नै छ ।कतिपयले स्याउको बोक्रा र बियाँ फाल्ने गरेका छन् ।

स्याउको बोक्रामा पनि महत्वपुर्ण तत्वहरु पाईन पनि धेरै लाई थाहा छ तर स्याउको बियाँमा पनि आवश्यक तत्वहरु पाईन्छन् । स्याउमा भिटामिन सी, भिटामिन इ र फाइबर हुन्छ ।स्याउले मुटुरोगबाट बचाउँछ, पखलाको उपचार गर्छ, कब्जियतको समाधान लगायत अन्य दजनौ स्वास्थ्य सम्बन्धी समस्याको समाधान गर्छ ।

स्याउको बोक्रासंगै स्याउभित्र हुने बिया पनि लाभादायक हुने गर्दछ । स्याउको बोक्रा र बियाँले शरिरका कोष हानी हुनबाट पनि बचाउँछ । क्युरसिटेन मुटुका धमनीमा रगत जम्ने समस्यालाई निको पारी ह्दयघातलगायत अन्य मुटुजन्य समस्याबाट पनिजोगाउने काम गर्छ ।

हरेक दिन एउटा स्याउ खाँदा हुन्छ यी ११ लाभ

भनाई नै छ, दिनहुँ एउटा स्याउ खानुपर्छ, डाक्टर आवश्यक पर्दैन । अर्थात रोग लाग्दैन । अस्पताल धाउनु पर्दैन । चिकित्सकको प्रेस्किप्सन लिनुपर्दैन ।

स्याउ, सदवहार फल हो । यो सजिलै उपलब्ध हुन्छ । तुलनात्मक रुपमा त्यती महंगो पनि छैन । स्याउको सेवनले पाचन यन्त्रलाई चुस्त राख्छ । यसले प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

तर, स्याउको महत्व यतिमा मात्र सीमित छैन । स्वास्थ्यका लागि यो बहुउपयोगी छ ।

१. मोटोपना नियन्त्रण

मोटा व्यक्तिहरुलाई मुुटुरोग, डाइबिटिज, ब्लड प्रेसर आदि समस्याहरुले दुख दिन्छन् । स्याउमा पाइने फाइबर मोटोपना कम गर्न सहायक हुन्छ । मोटोपना कम भएपछि मानिसहरु विभिन्न खतरनाक रोगहरुको चपेटामा पर्ने सम्भावना कम हुन्छ । साथै, यसमा पाइने पौष्टिक तत्वले शरीरलाई बलियोर र निरोगी पनि बनाउँछ ।

२. कब्जियतमा राहत

कब्जियत र ग्यासले शरीरमा कैयन् रोगहरुको खतरालाई बढाउँछ । कब्जियत वा ग्यासको समस्याबाट पिडित भएमा स्याउको सेवनले फाइदा मिल्नेछ । स्याउमा पाइने फाइबरले कब्जियतलाई बिस्तारै बिस्तारै घटाउँछ ।

३. दाँतलाई पनि फाइदा

स्याउमा हुने फाइबरले दाँतलाई पनि स्वस्थ राख्छ । स्याउको सेवनले ब्याक्टेरिया तथा भाइरसलाई टाढा भगाउँछ । साथै स्याउले मुखभित्र थूकको मात्रा पनि बढाउँछ । स्याउको सेवनबाट दाँत पायरियारहित रहन्छ ।

४. हड्डी बलियो

स्याउमा प्रचुर मात्रामा क्याल्सियम पाइन्छ । त्यसैले प्रतिदिन स्याउको सेवन गर्ने वा यसको जुस पिउँदा हड्डीहरु मजबुत हुन्छन् । जो व्यक्तिहरुको हड्डी मजबुत हुन्छ उसलाई कम थकान महसुस हुन्छ ।

५. दमका बिरामीलाई गुणकारी

स्याउ वन स्याउको जूसको सेवनले दम रोगीहरुलाई निकै फाइदा मिल्छ । विभिन्न अनुसन्धानहरुबाट पत्ता लागिसकेको छ कि दमको आक्रमण रोक्न स्याउ प्रभावकारी हुन्छ । यसमा पाइने फ्लेवोनोइड्सले फोक्सोको शक्ति बढाउँछ ।

६. पाचनतन्त्र बलियो

स्याउले शरीरमा मौजूद पीएचको स्तरलाई नियन्त्रित गर्छ । यसले व्यक्तिको पाचनतन्त्र मजबुत हुन्छ । पाचनतन्त्र मजबुत हुँदा रोगहरुसँग लड्ने क्षमता बढ्छ र व्यक्ति स्वस्थ रहन्छ ।

७. कोलस्ट्रोल कम गर्छ

बदलिदो जीवनशैलीमा कोलस्ट्रोल बढ्ने समस्या आम बन्दै गइरहेको छ । यसकारण कम उमेरका व्यक्तिहरु पनि मुटुरोगको शिकार बनिरहेका छन् । स्याउ खाँदा वा स्याउको जूस पिउँदा कोलस्ट्रोलको परिमाणमा नियन्त्रण राख्न सकिन्छ । चिकित्सिकहरुले मुटुरोगीका लागि उसिनेको स्याउ बढि उपयोगी हुने बताइन्छ ।

८. सुन्दरता बढाउँछ

स्याउको सेवनले अनुहारमा हुने काला तथा सेता दागहरु हट्छन् । यसबाट अनुहारमा चमक आउँछ । साथै स्याउको प्रतिदिन सेवनले तपाईंको शरीरमा मौजुद रहेको अनावश्यक बोसो बिस्तारै बिस्तारै कम हुन्छ ।

९. मधुमेहलाई नियन्त्रित गर्छ

स्याउको सेवनले शरीरमा टाइप २ मधुमेहको खतरालाई कम गर्छ । यसमा मौजद तत्वले शरीरुमा ग्लुकोजको कमी पूरा गर्छ । शरीरमा प्रचुर मात्रामा ग्लुकोज हुँदा तपाईंले इन्सुलिन लिनुपर्ने आवश्यकता पर्दैन ।

१०. अल्जाइमरबाट बचाउँछ

अल्जाइमर मस्तिष्कसँग जोडिएकोउ खतरनाक बिमारी हो । एउटा अनुसन्धानमा पाइएको छ कि प्रतिदिन स्याउको जुस पिउनाले अल्जाइमरको समस्याबाट जीवनभर बच्न सकिन्छ । स्याउको सेवनले मस्तिष्कका कोषहरुको रक्षा हुन्छ, जसले गर्दा अल्जाइमरको खतरा शून्यमा र्झछ ।

११. पत्थरीबाट बचाउँछ

किड्नीमा हुने पत्थरीबाट बच्नका लागि स्याउको सेवन लाभदायक हुन्छ । यदि पत्थरी भइसक्यो भने पनि प्रत्येक दिन स्याउ खानाले पत्थरीका कारण हुने दुखाईमा पनि आराम मिल्छ । त्यसैले चिकित्सकहरुले पनि पत्थरीका रोगीहरुलाई स्याउ खान सल्लाह दिन्छन् ।

अन्तिम पटक अपडेट गरिएको : April 28th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु