अविवाहित युवतीले इटहरीको होटलमा छोरी जन्माएर टाप कसेपछि…


 


ताजा समाचार । कात्तिक १६, इटहरी :

सुनसरीको इटहरीमा एक महिलाले होटलमा नानी जन्माएर भागेको छिन । छोरीलाई होटलमा जन्माई महिला फरार भएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।

इटहरी ६ वीपी चौकको टेकबहादुर लावतीले सञ्चालन गरेको होटलमा ३ दिन अघि जन्मीएको छोरीलाई छोडेर गए पछि प्रहरीले शिशुको उद्धार गरिएको बताएको छ । उक्त शिशुलाई इटहरी ४ को बालसंरक्षण केन्द्रमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिकात्मक तस्विर ।

ती महिला को हुन् भन्नेबारेमा यो समाचार तयार पार्दासम्म केही जानकारी प्राप्त भएको छैन । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार अविवाहित महिलाले बच्चा जन्माएर भागेको बताएको छ ।

प्रकाशित भएको : November 2nd, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु