आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय


 
ताजा समाचार । १६ कात्तिक, काठमाडौं :

प्रदेश नम्बर २ सरकारले छठ पर्वको दोस्रो दिन आइतबार (कात्तिक १७ गते)का लागि सार्वजनिक बिदा घोषणा गरेको छ । संघीय सरकारले छठ पर्वको पहिलो दिन सार्वजनिक बिदा दिने गरेकोमा यस पटकको छट पर्वको पहिलो दिन नियमित साप्ताहिक बिदा (शनिबार) परेको छ ।

प्रदेश २ सरकारले भने आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको हो । शनिबार अस्ताउँदो र आइतबार उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइँदै छ ।

सूर्यको आराधाना गरी मनाइने छठ पर्वको अवसरमा शनिबार दमौलीस्थित मादी नदी किनारमा पूजाअर्चना गर्दै भक्तालु । सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वास अनुरुप पारस्परिक आत्मीयता र सदभावको प्रतीकको रुपमा यो पर्व मनाइन्छ । तस्वीर ः कृष्ण न्यौपाने

 

छठ पर्व नेपाल र भारतका उक्तरीय क्षेत्रमा हिन्दूहरूले मनाउने एक महत्वपूर्ण पर्व हो। यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ। नेपालको विशेष रुपले तराई(मधेश) क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाइन्छ ।यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ ।

परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ ।

यस पर्वमा मुस्लिम समुदायका व्यत्तिले पनि सहभागी हुन्छ र यो पर्व बिधिबत मनाउछ। पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

 

प्रकाशित भएको : November 2nd, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु