सुन्दर भएकै कारण ट्राफिक कारवाहीमा परिन् एक युवती


 

भनिन्छ नारी र सुन्दरता एक अर्काको परिपूरक हुन् । सायदै कम नारी होलान् जसलाई राम्री देखिन मन नहोस् । हुन पनि हो सुन्दरता एउटा आत्मविश्वासको कडी पनि हो । भनिन्छ नि धेरै भयो भने चिनी पनि तीतो हुन्छ । हो, यस्तै भएको छ उरुग्वेको पेसेन्दु सहरकी एक महिलालाई ।

उरुग्वेको पेसेन्दु सहरमा एकजना सुन्दर महिला र ट्राफिक प्रहरी चर्चाको केन्द्रमा छन् । बताइए अनुसार हालै उक्त सहरमा ती सुन्दर महिला बाइक चलाएर आफ्नो गन्तव्यतर्फ जाँदै थिइन् । उनलाई बीच बाटोमै ट्राफिक प्रहरीले रोक्यो र जरिवानाको रसिद काट्यो । त्यो जरीवाना उनको गल्तीका लागि होला भन्ने लाग्यो होला तर त्यसो भने होइन ।

महिला बढी सुन्दर भएका कारण सडकमा रहेका अन्य यात्रु तथा चालकहरुको ध्यान भड्किन सक्ने र दुर्घटना हुनसक्ने भन्दै उनलाई जरिवाना गराइएको थियो । ट्राफिक प्रहरीले ती महिलालाई जरिवानाको रसिद मात्र काटेनन् स्पेनिस भाषामा ‘आइ लभ यू’समेत लेखेर प्रस्ताब राखेछन् ।

जब ती महिलाले आफूले पाएको रसिदलाई सामाजिक सञ्जालमा शेयर गरिन्, तब त्यसले ठूलै तहल्का मच्चायो । यो बिषयमा धेरै मानिसले ट्राफिक पुलिसको आलोचना गरेका छन् भने महिलामाथि हिंसा गरेको पनि जिकिर गरेका छन् । अब भएन त रुपले निम्त्याएको खति ?

प्रकाशित भएको : November 2nd, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु