चिकित्सक भन्छन : प्रधानमन्त्रीको स्वास्थ्य अवस्था चिन्ता गर्नुपर्ने छैन


 

डा. चक्रराज पाण्डे: प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको स्वास्थ्य अवस्था एकदमै राम्रो छ । उहाँको स्वास्थ्यका विषयमा चिन्ता गर्नुपर्ने अवस्था मैले देखेको छैन । उहाँको डायलासिस डा. दिव्या सिंह शाहको लिडरसिपमा एउटा टिम बनाइएको छ । त्यसमा विभिन्न कुराहरुको विश्लेषण गर्दै प्रो.डा. दिव्या सिंहले निर्णय गर्नुहुन्छ । उहाँको निर्णय अनुसार कहिले गर्ने, कतिबेला गर्ने अथवा केही समय गर्नैनपर्ने हो कि भन्ने कुराको उहाँले नै निधो गर्नुहुन्छ । त्यसपछि उहाँको उपचार मेरो लिडरसिपमा ग्राण्डी इन्टरनेशनल हस्पिटलले गर्छ ।

प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्थाबारे समाचारहरु म पनि धेरै पढ्छु । यी सबैलाई देख्दा म पनि छक्क पर्छु । रिपोर्ट आएको एउटा हुन्छ, लेखेको अर्कै हुन्छ । यसमा अनावश्यक टिकाटिप्पणी भइराखेको देखेको छु, त्यसमा किन त्यस्तो भएको हो ? मलाई नै कन्फ्युजन छ । त्यसैले त्यस्ता हल्लाको पछि नलाग्नको लागि म सबैलाई अनुरोध गर्दछु ।

उहाँ नियमित रुपमा काम गर्न सक्नुहुन्छ । फेरि यो भनिरहँदा उहाँको स्वास्थ्यमा कुनै समस्या छैन भन्न खोजेको होइन । उहाँलाई रिएक्टिभेट हुनु, हेमोडायलसिस हुनु, उहाँ फेरि १२ वर्षदेखि बिरामी भएको, किड्नी ट्रान्प्लान्ट गरेको सबैलाई थाहा भएकै कुरा हो । तर, ती सबैका बाबजुद उहाँले जुन खालको उपचारमा बस्नुभयो, त्यही खानामा ध्यान दिनुभयो । यी सबै कुराले उहाँलाई एकदमै स्वस्थ बनाएको देखिन्छ ।

डायलसिसमा जुन खालको जनमानसमा सोचाइ छ । ओहो डायलसिस भयो, महिनामा यतिपल्ट, हप्तामा नै यतिपल्ट भन्ने जुनखालको अफवाह फैलाइएको छ । त्यस्तो होइन, डायलसिस भनेको हामीले दिसापिसाव गरेजस्तै एउटा नियमित प्रक्रियामा सहयोग हो ।

डायलसिस गर्दै काम गरेको आधारमा उहाँलाई समस्या हुन्छ जस्तो मलाई लाग्दैन । म डाक्टर भएको हुनाले यसमा मेरो हेराइ फरक खालको छ । पदमा होस् या नहोस् कुनै पनि मान्छे कुनै पनि बेला बिरामी हुनसक्ने रियालिटी हामीले बुझ्नुपर्छ । हिजो दिउँसो साँझसम्मको कुरा गर्दा उहाँ नियमित काम गर्न सक्ने अवस्थामा हुनुहुन्छ । आफ्ना लिडरसिपलाई सल्लाह, सुझाव दिन सक्ने उहाँको मेन्टल र फिजिकल पावर पनि मैले देखेको छु । उहाँलाई मनोवल बढ्ने खालको वातावरण तयार गर्न सक्यौं भने हामी दिमागबाट नेगेटिप सोचाइ भागेर जान्छ । र, उहाँले देशलाई लिडरसिप जसरी दिइरहनुभएको छ, त्यसलाई निरन्तरता दिन सक्नुहुन्छ भन्नेमा म विश्वस्त छु ।

उहाँको स्वास्थ्यमा अन्य समस्या छैन । उहाँलाई डायलसिसबाहेक कुनै पनि समस्या छैन । डायलसिसपछि केही आराम गर्नुपर्ने आवश्यकता छ । त्यसपछि व्यायामको कुरा पनि आउँछ । यी सबै जीवनमा नियमित हुने कुरा हुन् ।

उहाँ देशको लिडरसिप भएकाले अब हिजोकोजस्तो काम गर्न सक्नुहुन्न कि भन्ने जनमानसमा जुन चिन्ता छ, त्यो गर्न म जरुरी देख्दिँन । भोलिको दिनमा डायलसिसपछि फेरि ट्रान्सप्लान्टकै कुरा आउँला त्यो फेरि मेरो काबुभन्दा बाहिरको कुरा हो । जे–जति भनेपनि उहाँले लामो समय लिडरसिप दिन सक्नुहुन्छ भन्नेमा म विश्वस्त छु । अरु पछि देखिने समस्याका बारेमा त उहाँको फिजिसिनहरुको एउटा टिम छ, त्यसले डिसिजन गर्ने कुरा हो । योभन्दा पनि जो उहाँको स्वास्थ्य हेरिरहनुभएको उहाँहरुले आवर टु आवर निगरानी राखिरहनुभएको थियो ।

उहाँलाई बालुवाटार, ग्रान्डी अथवा अन्य इन्टिच्युटमा गरेपनि मुख्य कुरा हामीले उपचार गर्दा हुने इफेक्सनका कुरालाई एकदमै निगरानीमा राख्नुपर्छ । जुन ठाउँमा उपचार गरिन्छ त्यहाँ जुनखालको वातावरणको तयारी गर्नेपर्ने हो, यो गर्नुपर्यो । यसमा दुईवटा कुरा हुन्छन्, एउटा विज्ञान, अर्को मान्छेको इमोसनल । त्यसबाहेक हल्लाखल्ला पैmलाएर मान्छेमा त्रास पैmलाइदिने यस्ता कुराहरु छन् । उहाँलाई मिडियाहरु झकझक्याएर धेरै थकित पनि बनाउँनुहुँदैन । यहाँ डायलसिस हजारौं मान्छेहरुको भइराखेको छ । त्यसकारण यसमा धेरै अप्ठ्यारो मान्ने पर्दैन । ग्रान्डीमै उहाँको लागि हामी विशेष कक्ष पनि बनाएका छौं । त्यहाँ एन्टिइन्फेक्सनको हरेक मेजरमेन्टहरु गरिएको छ । त्यसमा सेकेन्ड–सेकेन्डमा फलोअप गर्न सक्छन् ।

जहाँसम्म प्रधानमन्त्रीज्यूलाई उपचारका लागि सिंगापुर जानु पर्छ कि पर्दैन भन्ने छ, यसमा मेरो एकदमै ओपन माइन्ड छ । डिफ्रेन्ड कन्ट्रीहरुमा डिपे्रmन्डखालको पद्दति छ । सिंगापुरको एउटा नाम छ । उनीहरुको सेल्फकेयरमा लामो एक्सपेरियन्स छ । त्यसमा कुनै प्रश्न छैन । अब त्यस सवालमा त्यही लेबलको प्लस इमोसनल्ली हाम्रो प्राइमिनिस्टर भन्ने भावना पनि छ मनमा । त्यसले गर्दा सिंगापुरले दिनसक्ने उपचार नेपालमा पनि हुने वातावरण अहिले छ । उहाँको इभन ट्रान्सप्लान्टमासम्म पनि हामी त्यो लेभलमा छौं । होइन हामीले सिंगापुरलाई बढी सुरक्षित र फराकिलो वातावरण ठान्दछौं भन्दा पनि मेरो उहाँप्रति ठूलो सद्भाव छ । म उहाँलाई यहाँ जानुस्, त्यहाँ जानुस् भनेर कुनै सुझाव दिने पक्षमा छैन । जब जिम्मेवारी लिनुपर्ने हुन्छ, त्यतिबेला हामी एकदमै सावधानीपूर्वक गर्छौं । त्यसको लागि एकदमै सजकतापूर्वक यो कुरा दिइयो, अब यो दिन्छौं भनेर ध्यानका साथ गर्दछौं ।

(डा. चक्रराज पाण्डे, प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्योपचारमा संलग्न चिकित्सक हुन् । यो लेख उनीसँग ऋषि धमलाले एनआरएन रेडियोको नेपाली बहसमा लिएको अन्तवार्तामा आधारित हो)

प्रकाशित भएको : November 2nd, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु