विवाहको तयारी गर्दै नायिका ऋचा शर्मा


 

काठमाडौं / अभिनेत्री ऋचा शर्मा यतिवेला आफ्नो विवाहको तयारीमा रहेकी छिन्। मङ्सिर महिनमा विवाह गर्ने तयारीमा रहेकी ऋचा यतिवेला पोखरामा रहेकी छिन्।

आफ्ना नजिकका साथी संग व्याचलर पार्टी मनाउन उनि पोखरा पुगेकी हुन्। अभिनेत्री प्रियंका कार्की, केकी अधिकारि डिजाइनर सिवांगी लगायत केहि निकट साथीका साथ उनि पोखरा पुगेकी हुन्।

विवाहको बारेमा डीटेल्समा जानकारी गराईएको छैन। तर ऋचा केहि समयबाट प्रेममा रहेको र यहि बर्ष विवाह गर्ने बारे भने उनले अभिव्यक्ति दिदै आएकी थिइन्।

‘कमेडी च्याम्पियन’ को जर्ज समेत रहेकि अभिनेत्री शर्माले पछिल्लो समय खासै चलचित्रमा समय दिएकी छैनन् ।

प्रकाशित भएको : November 3rd, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु