रोमान्टिक मुडमा भारतीय प्रेमीसँग भेटिइएन अदिती बुढाथोकी


 

काठमाडौं । नायक अनमोल केसीको जोडी बनेर फिल्म ‘कृ’ बाट नेपाली रजतपटमा प्रवेश गरेकी नायिका अदिती बुढाथोकीले आफ्नो प्रेम सम्वन्ध खुलाएकी छिन् ।

View this post on Instagram

Good times ❤️ @aymoway

A post shared by Aditi B (@aditi_budhathoki) on

लामो समयदेखि नेपाली फिल्ममा नदेखिएकी अदिती यतिखेर भारतीय फिल्ममा अभिनय गर्ने अवसरको पर्खाइमा छिन् । त्यसोत अदिती भारतीय म्युजिक भिडियोमा अभिनय गर्नुका साथै भारतीय मोडलिङमा समेत स्थापित भइसकेकी हुन् ।

बेला बेला बोल्ड फोटो सामाजिक संजालमा पोष्ट गरेर चर्चामा आइरहने अदितीको बाक्लै फ्यान फलोइङ रहेको छ । उनै अदितीले हालै आफ्नो सामाजिक संजाल मार्फत प्रेमी भारतीय र्‍यापर अलिम मोरानीसँग रोमान्टिक मुडमा रहेको तस्वीर शेयर गरेकी छिन् ।

लभको इमोजी राखेर ‘गुड टाइम्स्’ लेखेको प्रेमीसँगको तस्वीरमाथि धेरैले बधाई भनेर प्रतिक्रिया दिएका छन् । कतिपयले दुईको जोडी सुहाएको प्रतिक्रिया समेत जनाएका छन् ।

र्‍यापर अलिमले गएको वर्ष ‘लेट मि लाइभ’ नामक पहिलो र्‍याप गीत सार्वजनिक गरेका थिए । जुन गीत यूट्युबमा निकै रुचाइएको छ । उनले आफूलाई इन्स्टाग्राममा र्‍यापर, सङ राईटर र ड्रीमरको रुपमा चिनाएका छन् ।

अभिनेत्री अदितीले ‘कृ’ पछि नयाँ फिल्म साइन गरेकी छैनन् । यो फिल्म रिलिज भए लगत्तै उनी मुम्बई हानिएकी थिइन् ।

हेर्नुहोस अदिती बुढाथोकीका थप तस्विरहरु

प्रकाशित भएको : November 3rd, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु