गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ भन्छन् : “सुत्केरी हुन नसके हामीलाई खबर गर्नुस्, निःशुल्क हेलिकोप्टर पठाउँछौ


 

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सुत्केरी बेथा लागेर पोखरा वा काठमाडौं लानुपरे प्रदेश सरकारलाई खबर गर्न आग्रह गरेका छन् ।

प्रदेश सरकारले हेलिकोप्टर उपलब्ध गराउने र पोखरा वा काठमाडौं कहा लानुपर्ने हो लगेर उपचार गर्ने उनले बताए ।
केही दिनअघि भुजुङ पर्यटन महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले भने, ‘सुत्केरी बेथा लागेर पोखरा वा काठमाडौ पुर्याउनुपर्यो भने हामीलाई खबर गर्नुहोला । हामी हेलिकप्टर पठाउँछौ । सुत्केरीलाई पोखरा वा काठमाडौं लगेर उपचार गराउने जिम्मा हाम्रो छ ।’

गाउँमा सुत्केरी हुन नसकेर महिलाहरुको अकालमा मृत्यु हुने गरेकोले प्रदे सरकारले सुत्केरीका लागि हेलिकोप्टर पठाउने निर्णय गरेको उनले बताए ।

सो क्रममा उनले केन्द्रमा पनि र प्रदेशमा पनि जनताको हित गर्ने सरकार रहेको दाबी गरे ।


तस्विर क्याप्सन : जोखिमपूर्ण अवस्थामा रहेका हुम्लाका दुई महिलाको बुधबार हेलिकप्टरबाट उद्धार गरिएको छ । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलसहितको टोली हुम्ला पुगेर चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्यचौकीमा कार्यरत अनमी निशा नेपाली र ओदानचुली गाउँपालिका–१ का ३५ वर्षीया राजकला महतारालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेको हो ।

केन्द्रमा नेकपाकै अध्यक्ष प्रधानमन्त्री केपी ओली भएको र प्रदेशमा पनि ओली नेतृत्वको पार्टीको सरकार (आफू) भएकोले जनताको काम गर्नका लागि योजना बनाउने र कार्यान्वयन गर्ने कार्य सजिलो रहेको उनले बताए ।

उनले प्रदेश सरकारले भुजुङ गाउँलाई अर्गानिक कृषि केन्द्रको रुपमा विकास गर्ने बताए । उनले मोटर बाटो, कृषि र पर्यटन जस्ता क्षेत्रमा प्रदेश सरकारले प्राथमिकताका साथ काम गरिरहेको सुनाए ।

अन्तिम पटक अपडेट गरिएको : February 5th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु