पोखराको डेभिड फल्स मुनी खोल्सामा खसेका १६ वर्षीय सुनारको ३ दिन पछि यस्तो अबस्थामा उद्धार ! (भिडियो सहित)


 

पोखरा १७ छोरेपाटनका १६ वर्षीय अञ्जन सुनारले दोस्रो जिवन पाएका छन् । सुनार अस्ति मंगलबार छोरेपाटन स्थित डेविडफल्स र फुस्रेखोलाको दोभानबीच अनकन्टार खोल्सामा खसेको आज मात्रै अरुले थाहा पाएका थिए ।

मंगलबार एक्लै माछा मार्ने भन्दै खोल्सामा पुगेको अञ्जनको ढाँडमा समस्या आएपछि तल खसेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी कोमल शाहले जानकारी दिए । ‘खोँच टाइपको छ । ढाँडमा समस्या आएछ, त्यसपछि शरीररको तल्लो भाग चलेन । अनि खोचमा खस्यो । खोलाको आवाज पनि ठूलो भएकाले त्यहाँ कसैले पत्तै पाएन । त्यहाँ मान्छे गईरहने ठाउँ पनि हैन ।’ उनले भने– ‘बल्ल आज दिउँसो १ बजेतिर माछा मार्न गएको मान्छेले देखेछ र हामीलाई खबर गरे । अनि उद्धार गरेका हौं ।’

उनको आमा पनि पोखरा बाहिर रहेको र घरमा कोहि पनि नभएकाले अञ्जन दुई दिनसम्म कहाँ गयो भनेर कसैले पनि वास्ता नगरेको डिएसपी शाहको भनाई छ । प्रहरीले थाहा पाउनासथा उद्धार गरेको उनले बताए ।

थप जानकारी हेर्नुहोस तलको भिडियोबाट

अन्तिम पटक अपडेट गरिएको : April 28th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु