‘राजनीति पैसा कमाउने व्यवसाय भयाे, मन्त्री-प्रधानमन्त्री हुनेको लागि मात्रै देशमा समृद्धि छ’


 

काठमाडाैँ , राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले देशको विकासका लागि कानून व्यसायीहरु गोलबद्ध भएर अगाडि बढ्नुपर्ने बताएका छन् ।अखिल नेपाल कानून ब्यवसायी संघको प्रथम राष्ट्रिय सम्मेलन २०७६ उद्घाटन समारोहमा बोल्दै अध्यक्ष केसीले अल्पसंख्यक व्यक्तिले बहुसंख्यक जनतामाथि शोषण गर्ने परिपाटी हावी भएको हुँदा सत्य निस्पक्ष तथा विवादरहित न्यायका लागि सबै कानून व्यसायीहरु गोलबद्ध बनी देशमा सत्य र न्यायको पक्षमा वकालत गर्नुपर्ने बताएका हुन् ।अध्यक्ष केसीले राजनीति पाटीको भागवण्डामा न्यायाधीश र प्रधान न्यायाधीश वनाउने यो मुलुकमा सत्य र निस्पक्ष न्यायका लागि ‘न्याय नपाए गोरखा जानुपर्ने’ अवस्था कहिलेसम्म रहने भन्दै प्रश्न गरे ।

फरक प्रसंगमा केसीले देशमा कम्युनिस्टको नामा दलाली गर्ने कम्युनिस्टले शासन गर्दैमा देश बिकासको गतिमा नलम्कने जिकिर गरे ।उनले भने , ‘मन्त्री, प्रधानमन्त्री हुनेको लागि मात्र देशमा समृद्धि अाएको छ, बाँकी ९० प्रतिशत जनता मात्र गरिबीको रेखामुनि बस्नुपरेकाे अवस्था छ । हेर्नुस् त बिडम्बना- कतिको न्याय छ यो देशमा ? राजनीतिमा ब्यवस्था र व्यक्ति बदलियो तर प्रवृत्ति बदलिएन ।”अध्यक्ष केसीले देशमा विदेशी शक्ति केन्द्रको इसारमा संघियता नेपालीको हित विपरित आएको र अहिले देशमा द्वन्द्व चाहानेहरुले संघियताको घाँडो बोकाएर देशलाई अस्थिर बनाउने खेल भईरहेको जिकिर गरे ।

‘देशका गरिब जनताहरुलाई करको भारी बोकाएर समृद्धिको झुटो आस्वासन देखाएको धेरै भयो,’ मेलम्चीको प्रसंग कोट्याउँदै अध्यक्ष केसीले भने, ‘राजधानीका सचेत व्यक्तिहरूलाई त केही नेताहरुले चुनावी नारा बनाउँदै, माछा-माछा भ्याकुता गर्छन् भने कर्णाली र जुम्ला-हुम्लाका व्यक्तिकाे कुन हबिगत बनाएका छन् यो सरकारमा बस्नेहरुले ।’राजनीति पैसा कमाउने व्यवसाय भएकोप्रति चिन्ता व्यक्त गर्दै उनले शासन व्यक्तिको नभई विधीको हुनु पर्नेमा जोड दिए ।निर्मला ह*त्या का*ण्ड आज एक बर्ष बितिसक्दा पनि सरकार गम्भीर रहेको र गृहमन्त्रीले पत्रकार सम्मेलनको बेलामा निर्मलाका विषयमा बोलेको शब्द हरेक कुरा आपत्तिजनक रहेको समेत उनकाे तर्क छ ।

अन्तिम पटक अपडेट गरिएको : April 28th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु