नाग पञ्चमी कहिले पर्छ ? यसको महत्व के हो ? के साँच्चै नागले दुध पिउँछन् त ?


 

आउनुहोस्, नागपञ्चमीको बारेमा आध्यात्मीक एवं वैज्ञानीक कारण विस्तृत रूपमा जानकारी लिनुहोस् श्रावण महिनाको कृष्ण पक्षको पञ्चमी तिथिलाई नागपञ्चमी भनिन्छ । यो दिन नागको पूजा गर्ने गरिन्छ । गरूढ पुराण अनुसार नागपञ्चमीको दिन दीप, कलश, गणेश पूजा गरी गोबरको नाग बनाइ वा नागको मानचित्रमा दही दूबो, कुश, सिन्दुर, चन्दन आदिले पूजा गरी ढोकामा टाँस्ने परम्परा रहेको छ । ज्योतिष शास्त्र अनुसार पञ्चमी तिथिको स्वामी नाग हुन्छ । यसरी नाग पञ्चमीमा सर्पलाई देवता मानेर पूजा गरिन्छ ।

हाम्रो देशमा धेरै मात्रामा नाग मन्दिर छैनन् र पनि श्रद्धा भक्तिको साथमा नागको पूजा गर्ने चलन छ । नागपञ्चमीलाई धार्मिक रुपमा यसरी लिइन्छ भने वैज्ञानिक रुपमा पनि यस्को धेरै महत्व रहेको छ । सर्पले हाम्रो वातावरणलाई स्वच्छ बनाउँछ । सर्पमा इको सिस्टम अत्यन्त मजबुत हुने गर्दछ । त्यसैले हाम्रो वरिपरिको वातावरण स्वच्छ हुन्छ । सर्पले, मुसा, किरा, इत्यादी खान्छ जसको कारण इको सिस्टम मजबुत रहन्छ ।सर्पलाई दुध प्याउनु पवित्र मानिन्छ र नागपञ्चमीको दिनलाई विशेष रुपमा लिइन्छ तर सर्प विशेषज्ञ अनुसार सर्पलाई दुध मनपर्दैन सर्पले दुध पान गर्दैनन् र गराउनु पनि हुँदैन यदि गल्तीद्वारा पनि सर्पको मुखमा दुध पसो भने तत्काल सर्प मर्छ ।

ज्योतिष तथा भागवत एवं अन्य पुराण प्रवक्ता पं .नबिन खतिवडा सुर्योदय नगरपालिका-३, रुङसुङ्ग इलाम
याे पनि पढ्रनुसः भगवान बुद्धलाई किन पूजा गर्ने ? भगवान बुद्धलाई यसकारण पूजा गरिन्छ ।
धम्म मार्गमा हिँडने प्रत्येक व्यक्ति भागवान बुद्धप्रति कृतज्ञताले भरिन्छ र बौद्धहरु त्यही कृतज्ञता र आभार प्रकट गर्नको लागि पूजा गर्छन् । बुद्धको ज्ञान यति प्रभावशाली छ कि, आज पनि बैज्ञानिक युगमा त्यति नै प्रभाव छ, जति कि भागवान बुद्धले २६०० वर्ष पहिले उपदेशित गर्नुभएको थियो ।तथागत बुद्धले आफ्नो उपदेशहरुमा सबैभन्दा ठुलो कुरा भन्नुभएको छ कि कनै कुरालाई यसकारण नमान कि त्यो धर्म ग्रन्थहरुमा लेखिएकोछ, या कुनै साधू सन्तले भनेकोहो, कुनै कुरालाई यसकारण नमान कि तपाईलाई मनपर्ने मान्छेले भनेका हुन् । कुनैपनि कुरालाई मान्नुभन्दा पहिले त्यसलाई तर्कको कसिमा परिक्षण गरेर हेर्नु कि त्यो स्वयमको हितको साथ मानवमात्रको हितमा छ कि छैन अर्थात् कुनै व्यक्ति या वर्गको हितको लागि कुनै अरु व्यक्ति या वर्गको अहित गर्नु घोर सामाजिक अन्याय हो ।

बुद्धले आफ्ना अनुयायीहरुलाई राम्रो स्वत्रन्त्रता दिनुभएको छ । कुनै अरु धर्मका प्रवर्तकले यस प्रकार स्वतन्त्रता दिएको छ कि छैन जाँचेर विचार गरेर हेर्नु । कुनै पनि धर्मका प्रवर्तकहरुले तर्क गर्न जाँच्न स्वतन्त्रता दिएको पाईँदैन । सारा धर्महरुमा बुद्धले मात्रै आफ्नो मतलाई जाँचेर मात्रै अपनाउन या स्विकार गर्न स्वतन्त्रता दिनुभएको छ । यो उहाँको बुद्ध धम्मको आफ्नो अनुयायिहरुको लागि दिमागलाई खुला राख्ने महान सन्देश हो ।बुद्धको शिक्षा भन्नुस् या धम्ममा कुनै स्वर्गको त्रास पनि छैन पालन नगरेमा त्रास पनि छैन । ठिक लाग्छ बैज्ञानिक लाग्छ आफ्नो र अरुको हितमा ठिक छभने मात्रै अपनाउनु स्वीकार गर्नु भन्नुभएकोछ । त्यसलाई म तथागतले भनेको भन्दैमा नबुझेरै स्विकार नगर्नु भन्नुभएकोछ ।

बुद्ध दीघ निकाय १/१३मा आफ्नो शिष्य कलामहरु उपदेश दिँदै भन्नुहुन्छ ।– ” हे कलामहरु, कुनै कुरालाई यसकारण नमान कि त्यो तिमीले सुनेको हो , तिमीले यस कारण नमान कि बाउ बाजेको परम्पराबाट चल्दै आएको हो, कुनै कुरालाई यसकारण नमान कि धर्मग्रन्थमा लेखिएकोछ। तिमीले यस कारण नमान कि त्यो न्याय शास्त्र अनुसार छ । कुनै कुरा यस कारण नमान कि माथिबाट हेर्दा त्यो मान्य प्रतीत लाग्छ, कुनै कुरालाई यस कारण नमान कि त्यो हाम्रो विश्वास या हाम्रो दृष्टीको अनुकूल लाग्छ ।कुनै कुरा यसकारण नमान कि त्यो कुन आदरणीय आचार्य द्वारा भनिएको हो कालामहरु:- अनि हामीले केगर्नुपर्छ रु बुद्ध ;- …कलामहरु, कशी यही हो कि स्वयं आफूसित प्रश्न गर कि के यो कुरा स्विकार गर्नु हितकर छ ? के यो कुरा गर्नु निन्दनीय छ ? के यो कुरा बुद्धिमानहरुबाट निषिद्ध हो, के यस कुराले कष्ट अथवा दुःख स हुन्छ कालामहरु, यति नै तिमीलाई यो पनि हेर्नुपर्छ कि के यो मत तृष्णा, घृणा ,मूढता ,र द्वेषको भावनाको वृद्धिमा सहायक त होइन, कालामहरु, यो पनि हेर्नुपर्छ कि कुनै मत -विशेष कसैलाई उन्को आफ्नो इन्द्रियहरुको गुलाम त बनाउँदैन, त्यसलाई हिंसामा प्रवृत्त त गर्दैन, त्यसलाई चोरी गर्न प्रेरित त गर्दैन , अन्तमा तिमीले यो हेर्नुपर्छ कि यो दुःखसको लागि या अहितको लागि छैन यि सबै कुराहरुलाई आफ्नो बुद्धिले जाँच हेर, र तिमीलाई स्विकार गर्न लायक छभने मात्रै नै यसलाई अपनाउनु ।
भवतु सब्ब मङ्गलम् ।

अन्तिम पटक अपडेट गरिएको : April 28th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु