भुलेर पनि प्रयोग नगर्नुहोस् यस्तो सिन्दुर, ऋणमा डुब्नसक्छन पति कहिले हुँदैन उन्नती


 

काठमाडौँ – विवाहित हिन्दु महिलाहरुले सिन्दुर लगाउने गर्दछन् । यसलाई सौभाग्यको प्रतिकको रुपमा लिइन्छ । महिलाले सिन्दुर लगाउँदा श्रीमानको आयु बढ्ने जनविश्वास समेत रहिआएको छ ।

हिन्दु धर्ममा सिन्दुर लगाउनको लागि कैयौँ नियमहरु बताईएको छ । यसको पालन नगरेमा धेरै किसिमका समस्याहरु आउने सक्ने आशंका गरिएको छ ।

विवाहित महिलाले सिन्दुर लगाउनु अघि शास्त्रमा भनिएको कुरालाई पछ्याउनु उत्तम मानिन्छ । यसो गर्नाले धन बृद्धि हुँने बताइन्छ । शास्त्रमा उल्लेख भए अनुसार नगरे श्रीमानको प्रगतीमा रुकावट आउँने, धन हानी, खर्च बढ्ने र ऋण लाग्ने बताइन्छ ।

त्यसकारण सिन्दुर लगाउनु अघि यी कुरामा ध्यान दिनु जरुरी छ।

१.कुनै अर्को महिलाको सिन्दुर आफ्नो सिउँदोमा लगाउनुहुदैँन ।

२.आफ्नो पति बाहेक अरुले किनेर दिएको सिन्दुर लगाउनुहुदैँन ।

३.यदि कसैले तपाईलाई सिन्दुर उपहार दिन्छ भने त्यस्ता सिन्दुरहरु लगाउनुहुदैँन ।

बिहान धेरै सुत्दा दिमाग दुई गुणा बढी चल्ने !

काठमाडौं : अचेलको व्यस्त जीवनशैलीका कारण मानिसहरूले राम्ररी निद्रा पु–याउन पनि पाउँदैनन् । केही मानिस त साना झप्कीमै निद्रा पूरा गर्छन् । केही अन्य चाहिँ हप्तामा एक दिन छुट्टी हुँदा दिनभरि सुत्छन् । प्रत्येक व्यक्तिका लागि कम्तीमा आठ घन्टाको निद्रा आवश्यक हुन्छ । निद्रा पूरा गर्न नपाउँदा डिप्रेसन, टाइप २ डायबिटिज, अनिद्रा र एंग्जाइटी जस्ता रोग लाग्छन् ।

अनुसन्धानकर्ताहरूका अनुसार, दिनदिनै आठ घन्टाबाहेक २० मिनेट मात्र थप सुत्दा पनि ताजा अनुभव गर्न सकिन्छ । सुतेर २० मिनेट ढिलो उठ्दा तपाईंले ताजा अनुभव त गर्नुहुनेछ नै, स्वास्थ्यमा पनि अनेकौं फाइदा पाउनु हुन्छ । अनि बिहानपख दुई घन्टा बढी सुत्दा दिमाग दुईगुणा बढी चल्छ । अनुसन्धानकर्ताहरूका अनुसार, २० मिनेट बढी सुत्ने मानिस पातला हुन्छन् । बढी सुत्दा शरीरको क्यालोरी डढ्छ अनि तौल बढ्न पाउँदैन ।

अलि बढी सुत्दा शरीरमा कार्बो हाइड्रेट्सको मात्रा घट्छ जसले गर्दा शरीरका कोशिकाहरूले झन् बढी काम गर्छन् । टन्न सुत्दा तपाईंले दिनमा कम्तीमा ३८५ क्यालोरी युक्त भोजन गर्न सक्नुहुन्छ । अनि यसले गर्दा शरीरलाई मह, चिनी, सिरप र फल जस्ता कुरा पचाउन सहायता पुग्छ । नियमित समयभन्दा २० मिनेट बढी सुत्दा ठूलालाई मात्र नभई बच्चाहरूलाई पनि फाइदा हुन्छ । तपाईं पनि स्वास्थ्य कायम राख्न चाहनुहुन्छ भने २० मिनेट बढी सुत्नुस् ।एजेन्सी

Video From Anusandhan Online Youtube Channel

अन्तिम पटक अपडेट गरिएको : April 28th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु