ताजा अपडेट :
||   ८ जना भारतीयका परिवारलाई नेपाल सरकारबाट क्षतिपूर्ति दिलाउन केरलाका मुख्यमन्त्रीको माग
||   एमसीसी पास गर्ने सांसदलाई जिल्ला जिल्लामा ना’काब’न्दी लगाईदिन्छौ- नेकपा नेता भण्डारी
||   प्रिय रविजी, तपाईं प्रधानमन्त्री भएको हेर्ने रहर छ ! : दिलनिशानी
||   काठमाडौँमा फेला परिन् ठाउँको ठाउँ गायब हुने बालिका ! तिन दिनसम्म कहाँ जान्छिन् ? (हेर्नुस् पुरा भिडियो)
||   यी युवतीले सारी लगाएर पानीमा लपक्कै भिज्दै गरेका तस्विर सामाजिक सञ्जालमा हालेपछि
||   रवि लामिछानेको पहलमा ६ करोड २२ लाखमा रास्कोट अस्पतालको निर्माण शुरु, यिनै हुन् २ करोड दिने चाइनिज हिरो
||   जहाँ विहे अघि यौ’न स’म्पर्क नगरुन भनेर युवतीको यो’नी सिलाईन्छ !
||   २००० वर्ष पुरानो शिवलिंग, आउँछ तुलसीको सुगन्ध
||   ठाडो भिरमुनी यि महिलाको अचम्मको काम, एक दिनमा नै गर्छिन् १० हजार बढी आम्दानी (भिडियो)
||   दीपक मनाङे ६ हजार धरौटीमा रिहा, मनाङेले कुटेका गुरुङलाई ७ दिन थुनामै राख्न अनुमति
Monday, Jan 27, 2020


वैज्ञानिकहरुले मोटोपन घटाउने, डाइबिटिज हुन नदिने औषधी बनाए

Loading...
ताजा समाचार | प्रकाशित भएको : December 3rd, 2019

वैज्ञानिकहरुले यस्तो ट्याब्लेट बनाएका छन् जसले अब मोटोपनलाई बाईबाई गराउनेछ । साथै, त्यो ट्याब्लेटको प्रयोगले मोटोपनको कारण हुने टाइप २ डाइबिटिज पनि लाग्ने छैन ।

यो ट्याब्लेटले हाम्रो सानो आन्द्रामा एउटा यस्तो पत्र निर्माण गरिदिनेछ, जसले गर्दा सानो आन्द्राले गुलियो सोस्न सक्दैन । आन्द्रामा त्यस्तो तह निर्माण गरिदिने सो पदार्थलाई वैज्ञानिकहरुले लुसीआई (LuCI)नाम दिएका छन् ।

हामीले खाएका खानेकुराहरुमा धेर थोर मात्रामा गुलियो हुने गर्छ । खासगरी कार्बोहाइड्रेड त्यो गुलियोका मुख्य स्रोत हो । हामीले खाएको खानेकुराबाट पोषकतत्वहरु मूलतः सानो आन्द्राबाट सोसिएर रगतमा जाने गर्छ । हामीले उक्त लुसीआई औषधी खायौं भने सानो आन्द्राबाट अन्य पोषकतत्वहरु त सोसिएर रगतमा जान्छ तर त्यसले गुलियोलाई चाहिँ सोसिन दिँदैन । वैज्ञानिकहरुले के आशा गरेका छन् भने यो औषधिको मद्दतले मोटोपन र टाइप टु डाइबिटिजलाई रोक्न र उल्ट्याउन सकिन्छ ।

जनावरहरुमा उक्त औषधीको प्रयोग गर्दा त्यसको सकारात्मक परिणाम प्राप्त भएको थियो । उक्त औषधीले सानोआन्द्रामा एउटा तह निर्माण गरेर गुलियो पदार्थ सोसिन नदिएको पाइएको थियो । सो औषधीको प्रयोग गर्दा खानेकुरा खाइसकेपछि पनि शरीरमा ग्लुकोजको मात्रा नबढेको पाइएको थियो । सामान्य अवस्थामा हामीले खानेकुरा खाइसकेपछि रगतमा ग्लुकोजको मात्रा बढेर जान्छ र त्यो केही समयसम्म बढेकै अवस्थामा रहिरहन्छ ।

मुसामा उक्त औषधीको प्रयोग गर्दा १ घण्टापछि मुसाको रगतमा ग्लुकोजको मात्रा ४७ प्रतिशतसम्म घटेको पाइएको थियो । र, त्यो औषधीले सानो आन्द्रामा ग्लुकोज सोस्न नदिने गरी निर्माण गरिदिएको पत्र चाहिँ ३ घण्टापछि आफैं घुलिएर नष्ट भएको थियो ।

यो औषधी धुलो पाउडरको रुपमा क्याप्सुलमा हालिएको अवस्थामा पनि खान सकिन्छ । यो औषधीले मोटोपन हटाउनको लागि गरिने शल्यक्रियाको जस्तै काम गर्न सक्छ । भविष्यमा मानिसमा यो औषधि सफल र प्रभावकारी भयो भने तौल घटाउनको लागि गरिने लामो, झन्झटिलो र खर्चिलो प्रक्रियालाई नै विस्थापित गरिदिनेछ ।

मोटोपन घटाउनको लागि अहिले प्रचलनमा रहेको उपचारमा ग्यास्ट्रिक बाइपास सर्जरी हो । यसमा आमाशयमा एउटा ग्यास्ट्रिक थैलो बनाइन्छ जसले खानेकुराहरुको एउटा ठूलो हिस्सा आमाशयमा राम्ररी पच्न पाउँदैन र सानो आन्द्राले त्यसलाई राम्ररी सोस्न सक्दैन । यो शल्यक्रिया गरेका मानिसहरुको आमाशयमा राखिएको ग्याँस्ट्रिक व्याण्डले मानिसहरुलाई थोरै मात्रै खाँदा पनि अघाएको अनुभूत गराउँछ । हुनत यो प्रक्रियालाई उल्टाउन सकिन्छ र तर त्यसका लागि पनि पुनः अपरेशन नै गर्नुपर्ने हुन्छ ।

मोटोपनाले मानिसमा डाइबिटिज लाग्ने सम्भावना ८० देखि ८५ प्रतिशत बढाइदिन्छ । डाइबिटिजमा रगतमा ग्लुकोज अर्थात् चिनीको मात्रा अति बढी हुन्छ । विशेष गरेर मोटोपनको कारण हुने टाइप २ डाइबिटिजमा शरीरमा इन्सुलिनले राम्ररी काम गदैन । इन्सुलिन त्यस्तो हर्मोन हो जसको मद्दतले हाम्रो शरीरका कोषहरुले रगतको मार्फत् आपूर्ति हुने ग्लुकोजलाई शक्तिमा रुपान्तरण गर्ने गर्छ । यसरी इन्सुलिनले काम नगर्ने वा शरीरमा इन्सुलिनको उत्पादन नै अति थोरै हुने यो स्थितिलाई बेलैमा उपचार गरिएन भने रगतमा बढी मात्रामा थुप्रिने ग्लुकोजले थुप्रै जटील खालका स्वास्थ्य समस्याहरु पैदा गरिदिन्छ । विशेष गरेर त्यसले हाम्रो आफ्नै शरीरको अंगहरु विशेष गरेर आँखा, मुटु र मृगौलाहरुलाई नोक्सान गर्न सक्छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु