छोरीको दुःख आफ्नै आमासँग साटेकी छु – गायिका मञ्जु पौडेल


 

अनिल खत्री, गुल्मी । संगीत भित्र एउटा यस्तो कल्पना हुन्छन् जसले कसै न कसैको मन छुन्छ । गीत संगीत सबै लेख्ने र गाउनेलाई परेर पनि गाइदैनन्, लेखि दैनन् । संगीत एउटा मनोरंञ्जनको पाटो मात्रै पनि होइन् । फेरि संगीतबाट मनो रञ्जन नै हुदैन् भन्ने पनि हुँदैन् । हामी सबैले दिनमा खाली कुनै न कुनै बेला संगीत मुखबाट गुनगुनाउने गरिन्छ । पक्कै पनि यसले भित्री मन छोएको हुन्छ ।

सबै गीतहरु मनोरञ्जन मात्रै हुन्छन् भन्नेहुँदैन् कतिपय गीतमा मनोरञ्जनसँगै सन्देश पनि बोकेका हुन्छन् । कलाकाहरुले तयार गर्ने गीत समाजको यथार्थ कथा बस्तुहरु पनि चित्रण गरेका हुन्छ् । यस्तै क्रममा गायिका मञ्जु पौडेलको तीज गीत सार्बजनिक भएको छ । गायिका पौडेलले नारि भावलाई समेटेर तयार पारिएको ‘नाच्छु घुमेर’ बोलको गीत सार्बजनिक गरेकी हुन् ।

उनले सार्बजनिक गरेको गीतमा खासगरि तिजमा गाइने गीत सँगै एउटा कथा बस्तु पनि समाबेश गरेकी छन् । गीतमा उनले आफनै आमालाई एउटा कथाको जिम्मे बारीमा राखेर छोरीले पाएको दुखःलाई समाबेश गरेकी हुन् । एउटी छोरी कुनै बाध्यता परिस्थितिमा प्रदेशिएको र तिज पर्वमा घरमा आएको कथा बस्तु गीतमा समाबेश छ । गीतको सुरुवातमै छोराीलाई कुरी रहेकी आमा र तीजको बेला छोरी आएको देख्न सकिन्छ ।घरमा रहेकी आमाको मुख्य भूमिकामा उनले स्वय आफनै आमालाई र भाउजूको अनुशा पौडेललाई देख्न सकिन्छ। आमाको सम्मान र गीतको एउटा कथामा छोरीले आमालाई गरेको आदर सम्मानलाई पनि समाबेश अनुसार गीतमा आमालाई राखेको गायिका पौडेल ले बताइन् । प्रदेशबाट फर्केकी छोरीले आदा उमेरसम्म काम भन्दै पाएको दुख सुनाउनदै नाचेको कथा बस्तु चित्रण गरिएको छ ।

गीत सर्बजनिक गरेको केहि दिन बित्दा उनले गीत एउटा तिजको पर्वसँगै कथा बस्तु पनि बोकेको गायिका पौडेलले बताइन् । छोरी दुख कष्ट सहेर सम्पन्न शाली बनेको र आफ्नी आमासँग गीतको बेला सुखः दुख साटा साट गरेको कथा बस्तु गीतमा पाउन सकिने गायिका पौडेलले बताइन् । हिन्दु महिलाहरुको महान पर्व तिज आउन महिना वढि समय बाँकी छ । यहिँ अबसरमा उनले सार्बजनि गरेको गीत सबत्र चर्चामा छ ।

तिज गीत एउटा नारि बेदाना नारि भावको एउटा कथा बस्तु समेटिएको हुन्छ। यहिँ अनुरुप तिज गीत गाउँउने प्रचलन पहिले देखि रहि आएको छ। अहिले तिज गीतमा मौलीकलतालाई ख्याल राखेर गीतमा नारिका बेदनाले समेटिएका गीतहरु पनि केहि सार्बजनिक हुने गरेका छन् । आदा उमेर काम भन्दै गएको नाच्न गाउँन रमाउन नपाएको कथा बस्तु गीतमा समाबेश गरिएको गायिका पौडेलले बताइन् ।

पछिल्लो केहि वर्ष यता गायिका पौडेलले सार्बजनिक गर्ने गीतमा मौलिकता खालका तिज गीत ल्याउने गरेकी छन। तिजको बेला दिदी बहिनीहरु जम्माभएर आफना मन भित्रका पिडा पोखेर गाउँने तिजका गीतहरुलाई आफनो गीतमा समाबेश गरिएको उनको भनाई छ । गायिका पौडेलको एकल स्वर रहेको गीतमा दिग्गज धौरालीले शब्द र अर्जुन पोखरेल ले सङ्गीत रहेको छ । गीत बि एम एस फिल्म्सले बजारमा ल्याएको छ । गीतमा मञ्जु अनुशा र मञ्जु पौडेलकी आमा पनि लेख्न सकिन्छ । नेपाल समाचार पत्र मा खबर छ ।

अन्तिम पटक अपडेट गरिएको : April 28th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु