यस्ता पो नगर प्रमुख दुई वर्षको तलब १५ लाख सामाजिक कार्यमा खर्च


 

पश्चिम नवलपरासी सुनवल नगर प्रमुख भीमबहादुर थापाले दुई वर्षको तलब भत्ता सामाजिक कार्यमा खर्चेका छन्। नगर प्रमुखको कार्यभार सम्हालेको दुई वर्ष पुगेको छ। यस अवधिमा उनले तलब भत्ताबापत १५ लाख पाएका छन्।भत्ताबापत पाउँदै आएको रकम थापाले ज्येष्ठ नागरिक, असहाय र विपन्नको जीविकोपार्जन तथा उपचार खर्चमा उपलब्ध गराउँदै आएका थिए। पछिल्लो पटक तलबबापतको रकम सुनवल स्वास्थ्य चौकीलाई प्रदान गरेका छन्।०७६ असारसम्मको तलबबापत हुन आउने ८ लाख ४० हजार रुपैयाँ उनले स्वास्थ्य चौकीलाई उपलब्ध गराएका हुन्।

नगरप्रमुखको मासिक तलब ३५ हजार छ। नगरप्रमुख निर्वाचित भएलगत्तै थापाले आफूले पाउने तलब, भत्तासहितका सबै सुविधा सामाजिक कार्यमा खर्चिने प्रतिबद्धता जनाएका थिए। सोही प्रतिबद्धताअनुसार अहिलेसम्म पाउँदै आएको सम्पूर्ण सुविधाबापतको रकम सामाजिक कार्यमा थापाले बताए।स्वास्थ्य संस्थामा उपलब्ध गराएको रकम प्रसूति सेवा सञ्चालनको उपकरणसहित अन्य स्वास्थ्य सामग्री खरिदमा खर्चिनेछ। एक जना स्टाफ नर्ससहित स्वास्थ्य सेवा दिइँदै आएको स्वास्थ्य संस्थामा यस वर्षदेखि प्रसूति सेवा सञ्चालनको तयारी गरिएको छ।

त्यसका लागि यस वर्ष नगरपालिकाले २५ लाख रुपैयाँ विनियोजन गरेको छ।गोष्ठी, सेमिनारमा सहभागी भए भत्ताबापत उनले हालसम्म ६ लाख रुपैयाँ भत्ता पाएका छन्। त्यसैगरी दैनिक भ्रमण भत्ताबापत ९० हजार पाएका छन्। उक्त सबै रकम ज्येष्ठ नागरिकको धार्मिक यात्रा, विपन्न परिवारको काजक्रिया खर्च, विपन्नलाई जीविकोपार्जनका लागि रिक्सा खरिद र औषधोपचारमा उपलब्ध गराएको थापाले बताए।‘जिल्लाबाहिर जाँदा पाउने यातायात खर्चसहित भत्ता सुविधाबापतको रकम मैले नगरपालिकामा पेस गरिनँ तर महा लेखा परीक्षकको कार्यालयबाट आउने लेखा परीक्षकले भत्ता नबुझेपछि मेयरले कामै नगरेको देखिने बताए, रकम लिएँ,’ उनले भने।

कानुनतः रकम नबुझेपछि कामै नदेखिने भएपछि यातायात र भत्ताबापत आउने रकम आफूले नगरपालिकाको खातामा जम्मा गरेको थापाले बताए । नगरप्रमुखले उक्त शीर्षकमा पाएको ९० हजार सञ्चित कोषमा जम्मा गरिएको लेखा अधिकृत वृहस्पति घिमिरेले बता ए।यस आर्थिक वर्षदेखि पाउने सम्पूर्ण रकम पनि शिक्षा, स्वास्थ्य र विपन्नको सहयोगमा खर्चिने नगरप्रमुख थापाको भनाइ छ।

अन्तिम पटक अपडेट गरिएको : April 28th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु